
नेपालगन्ज, २४ असोज – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आईतवार देशभर उम्मेदवार मनोनयन दाखिला गर्ने समय तालिका अनुसार बाँकेमा पनि दलहरु र स्वतन्त्रले भारी वर्षा र डुवानका वीच उम्मेदवारी दर्ता गराएका छन् ।
यसरी उम्मेदवारी दर्ता गराउने क्रममा जनमत पार्टीका तर्फबाट बाँके क्षेत्र नं.२ को प्रतिनिधि तथा प्रदेश सभा सदस्य उम्मेदवारी दर्ता गर्न जाँदा नेपालगन्ज रामलिला मैदान स्थित पशु कार्यालयमा रहेको निर्वाचन कार्यालय परिसर भित्र अज्ञात समुहले प्रतिनिधि सभा सदस्य बाबू खाँ पठान माथि धुलो खुर्सानी तथा ढुङ्गा मुडाद्वारा आक्रमणको घटनालाई लिएर आज पत्रकार सम्मेलन गरी शान्ति सुरक्षाको माग गर्दै आम जनताले मतदान गर्ने अधिकारी शान्तिपूर्ण तवरले गर्न पाउन भनी माग गरेका छन् ।
यसरी संविधानद्वारा प्रदक्त अधिकार अनुसार उम्मेदवारी हुन पाउने अधिकार माथि नै आक्रमण भएको देखिन्छ । स्वतन्त्र रूपमा निर्वाचनमा भाग लिन पाउने र मतदान गर्न पाउनु पर्ने अधिकार माथि नै धावा बोलिएको जनमत जिल्ला समन्वय समितिद्वारा जारि विज्ञप्तिलाई उद्रित गर्दै उम्मेदवार पठानले पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।
उम्मेदवारको ज्यान माथि नै खतरा उत्पन्न हुनु तथा स्थानीय प्रहरीको गस्ती अगाडि नै उम्मेदवार माथि आक्रमण तथा उम्मेदवार चढेको गाडि माथि तोडफोड गरिनुलाई मतदाताहरूमा एक प्रकारको डर पैदा गराउनु तथा उम्मेदवारहरूको सुरक्षामा बाके प्रहरी प्रशासन चुकेको आरोप लगाउ“दै भयरहित वातावरणमा मतदाताहरुले मतदान गर्न शान्ति सुरक्षाको व्यवस्था मिलाउन सम्बन्धित पक्षको ध्यान केन्द्रित हुनु पर्ने माग गरेका छन् ।
बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पठानले प्रहरी, प्रशासनले उक्त घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कानुन बमोजिम कार्वाही गर्नुपर्ने माग गरेका छन् ।
