
नेपालगन्ज, २ असाेज – हिजाे शनिबारका दिन एक कार्यक्रमकाे बिच आफ्नाे मन्तब्य दिने क्रममा नेकपा माओवादी अध्यक्ष पुष्यकमल दहाल “प्रचण्ड” ले हिन्दु धर्मावलम्बीहरूकाे आस्थामाथि चाेट पुग्ने गरि दिएकाे अभिव्यक्तिप्रति सनातनी हिन्दुहरूद्वारा विराेध गरिकाे छ ।
नेपालगन्ज उपमहानगरपालिकाकाे मुटु भनी चिनिने त्रिभुवन चाेकमा नेकपा माओवादी अध्यक्ष प्रचण्ड मुर्दावाद, हिन्दुहरूकाे आस्थामा माथि चाेट गर्न पाईन्दैन, यस्ताे हत्यारा चाहिँदै भन्दै नारा जुलुसका साथ चाेकमा पुगी प्रचण्डकाे पुतला दहन गरि लातले हिर्काउँदै आगाे निभाएका छन् ।
त्रिभुवन चाेकमा पुतला दहन अगावै सुरओा निकायलाई जानकारी भएकाे हुँदा नारा जुलुस पहिले देखि नै बाक्लाे सुरक्षाकर्मीहरूकाे उपस्तिथि रहेकाे थियाे भने पुतला दहन भएकाे केही समयमा नै पानीसहित तयारीमा बसेका सुरक्षाकर्मीहरूले आगाे निभाएका थिए ।
प्रचण्डकाे पुतला दहन पश्चान आफ्नाे भनाई राख्दै हिन्दु अगुवा दिपक लाेधले- “नेकपा माओवादी अध्यक्ष प्रचण्डलाई खुला चेतावनी छ हिन्दु आस्थामाथि चाेट पुग्ने गरि दिनु भएकाे अभिव्यक्तिप्रति घाेर अपत्तिका साथै हिन्दु मात्र नभई सम्पुर्ण धर्मप्रति आस्थावान रही कसैकाे आस्थामाथि चाेट नपुग्ने गरी अभिव्यक्ति दिन तथा दिईएकाे अभिव्यक्तिप्रति क्षमायाचना गर्न चेतावनी” दिएका छन् ।
उक्त पुतला दहन कार्यक्रम हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान नेपालगन्ज संयोजक कृष्णादेवी पाण्डेयकाे नेतृत्वमा सम्पन्न गरिएकाे थियाे ।
