
नेपालगन्ज, २८ भाद्र – आसन्न संघिय निर्वाचनका लागि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) बाँकेबाट उम्मेदवार सिफारीस हुनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) ले मन्त्री अथकलाई बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारीस गरेको हो । मन्त्री अथक ०७४ सालको निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

हाल युवा तथा खेलकुद मन्त्री रहेका अथक पश्चिम नेपालकै बिकासप्रेमी नेताका रुपमा स्थापित हुनुहुन्छ । आफ्नो क्षेत्रको विकासमा अहोरात्र खटिने नेताका रुपमा पहिचान बनाएका अथक मन्त्री भएसँगै उहाँको चर्चा चप लुलिएको छ । मन्त्रालय सम्हालेको छोटो समय मै खेलकुद क्षेत्रको सुधारका लागि थुप्रै नितिगत निर्णयहरु गराउन सफल भएका मन्त्री अथक अन्य पार्टी भित्र पनि राम्रो छवि भएको नेताको रुपमा चिनिनु हुन्छ ।
