Monday, April 20सत्यम खबर
Shadow

“इस जश्ने चरागों में खूँ दिल का जलाना है”

नेपालगन्ज, २५ भाद्र – बाँकेका उर्दू साहित्यकारहरुको साहित्यिक संगठन गुल्जार–ए–अदब बाँकेले आफ्नो मासिक गजल गोष्ठी महेन्द्र पुस्तकालयको सभाहलमा शनिवार सम्पन्न गरेको छ ।

गुल्जार–ए–अदब बाँकेको आयोजनामा सो गजल गोष्ठीमा उर्दू साहित्यकार तथा अदबका अध्यक्ष हाजी अव्दुल लतीफ शौक, आदिल सर्वर नेपाली, सैय्यद असफाक रसूल हाशमी, अदबका सचिव मोहम्मद मुस्तफा अहसन कुरैशी, जमील अहमद हाशमी, मेराज अहमद हिमालय, जावेद शेष पुरी साहेब, कृष्णमुरारी प्रसाद भट्ट, शारुक कुरैशी, रासिद कुरैशी लगायतले “इस जश्ने चरागों में खूँ दिल का जलाना है” मिसरामा साहित्यकारहरुले आ–आफना गजल वाचन गरेका थिए ।

यसरी अदबले हरेक महिनाको अन्तिम शनिवारका दिन यस किसिमको गजल गोष्ठी गर्दै आई रहेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *