Sunday, April 19सत्यम खबर
Shadow

गाैरव स्मृतिद्वारा क्यान्सर पीडित चिडिमारलाई आर्थिक सहयाेग

नेपालगन्ज, ९ भाद्र – गाैरव स्मृति तथा वियाेर सेल्फ फाउण्डेशन बाँकेका उपाध्यक्ष मधु शाहकाे नेतृत्वमा आज क्यान्सर पीडितलाई आर्थिक सहयाेग गरिएकाे छ ।

नेपालगन्ज-१० बेलासपुर बस्ने क्यान्सर पीडित मनिशा चिडिमार बारे गाैरव स्मृति फाउण्डेशनले जानकारी पाए लगत्तै उपाध्यक्ष शाहकाे अगुवाईमा क्यान्सर पीडितकाे घर मै पुगेर पाँच हजार एक सयकाे चेक हस्तान्तरण गरिएकाे फाउण्डेशन सदस्य शेखर जाेशीले जानकारी गराउनु भयाे ।

चेक हस्तान्तरण कार्यक्रममा फाउण्डेशनका सुदिप सिंह चाैधरी, दिनिता बाही, बिजय काेरी, शिवम शाह, मुन्सी सल्मानी, राेजी श्रेष्ठ, रमेश शाही, साेहन श्रेष्ठ, अमित काैशल, उत्तम वैश्यलगायतकाे सहभागिता रहेकाे थियाे ।

गाैरव स्मृति तथा वियाेर सेल्फ फाउण्डेशन बाँकेले विगतदेखि नै सामाजिक गतिविधिहरूलाई निरन्तरता दिँदै आईरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *