
नेपालगन्ज, १९ भाद्र – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ मा श्रीमानको कुटाईबाट घाईते भई उठबस गर्न नसक्ने साकरुन दर्जीले न्यायमा ढिलाई हुँदा अब न्याय पाउन गरिब मान्छेलाई कठिन भएको भनाई राख्छिन् ।

पीडित साकरुनका अनुसार ‘मैले बिहान साँझको छाक टार्न, २ छोरा र १ छोरीको भविष्य उज्जवल बनाउन अरु कहाँ गएर भाडा माझेर भएपनि घर परिवार चलाउने गरेकी छु । तर मेरो श्रीमान् जबिउल्ला दर्जी बिना कारण मलाई कुटाई गर्दा खुट्टा भाँचिएको हुँदा कानूनी न्याय माग्दा समेत नपाउने’ बताउनुभयो । उनी भन्छिन्– ‘दुई हात जोडी मेरो बिन्ती छ श्रीमान् जबिउल्लालाई हदैसम्मको कार्यवाही होस्’ ।
साकरुनको भनाई अनुसार भाद्र ४ गते दिउँसो १ बजेतिर मेरो श्रीमान् घरमा आई खाना माग्दा सानो कुरामा भनसुन भएको र मलाई कपालले समाती घर बाहिर ल्याई ईट्टाले प्रहार गरी घाईते बनाउनुका साथै खुट्टा समेत भाँचि दिएको छ । मैले न्याय पाउन जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गराउन खोज्दा मेरो निवेदन समेत दर्ता नगरेको हुँदा म अब कहाँ जाने ? भन्ने प्रश्न गरिन् ।

विश्वमा कोभिड–१९ को महामारीसँगै घरेलु हिंसामा समेत बढोत्तर आएको विभिन्न रिपोर्टहरुले जनाइएको अवस्थामा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ को घटना भने पहिलो होइन, यस अगावै समेत कतिपय घटनाहरु घरको इज्जत बाहिर नल्याउने उद्देश्यले लुकाइएको पाईन्छ ।
घरेलु हिंसा अन्तर्गत श्रीमतिले प्रहरी कहाँ पुग्दा प्रहरीले निवेदन समेत दर्ता नगर्नु कानून संगत कार्य नभएको जिकिर साकरुनका सहयोग मोहम्मद मन्जर ईराकीले बताउँछन् ।
सहयोगी ईराकीका अनुसार जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्दा हजुर आउनु पर्दैन मैले हजुरको व्हटसअपमा म्यासेज पठाई दिन्छु भनी जवाफ दिएको बताउँछन् ।
सहयोगी ईराकीले ‘अब घरमा कसले खानाको व्यवस्था गर्ने, श्रीमान् पहिलेदेखि नै बाहिर–बाहिर बस्दै आएको, श्रीमतिले २ छोरा–१ छोरी पाल्न गाउँटोलमा भाडा माझेर गुजारा गरिरहेको हुँदा अब कसरी गुजारा गर्ने भन्ने प्रश्न गरे ।
जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार जबिउल्लालाई खोज्ने कार्य जारी छ, धनौली प्रहरी चौकीमा जानकारी गराई सकेको अवस्था भएको हुँदा छिट्टै पक्राउमा आउने बताउँछन् ।
