Wednesday, April 15सत्यम खबर
Shadow

जानकीमा छात्रालाई साइकल वितरण

जानकी, ९ साउन – जानकी गाउँपालिका वडा नम्बर ५ को आयोजनामा सामुदायिक विद्यालयका २५ जना छात्रालाई साइकल वितरण गरेको छ । आइतबार आयोजित कार्यक्रम अन्तर्गत विद्यालय शिक्षामा छात्राहरुको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीहरुलाई आकर्षित गर्न साइकल हस्तान्तरण गरिएको हो ।

वडा कार्यालय बेलहरीले एक समारोहबीच वडा परिसर मै छात्राहरुलाई साइकल हस्तान्तरण गर्दै गाउँपालिका प्रमुख छब्बन खाँले वडा नम्बर ५ का छात्रालाई साइकल हस्तान्तरण गर्दै उच्च शिक्षासम्म पुग्ने शुभकामना दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथी रहेका गाउँपालिका प्रमुख छब्बन खाँले सम्बोधन गर्दै विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीलाई साइकल हस्तान्तरण गरेको बताउनु भयो !

यसैगरी घर भन्दा दुरीमा विद्यालय पर्ने कक्षा ९ मा अध्ययनरत छात्राहरुलाई प्राथमिकतामा राखेर साइकल वितरण थालिएको बताए । वितरण कार्यक्रमका सभापति समेत रहेका वडा नम्बर ५ का वडा अध्यक्ष टिकानाथ यादवले भने “विद्यालय टाढा हुँदा भौतिक तथा समाजिक बाधाको कारण पढाई नै छाड्नुपर्ने अवस्थालाई ध्यानमा राखेर यो अभियान थालेका हौ” अध्ययनरत कक्षा ९ का छात्रालाई पहिचान गरी प्राथमिकतामा राखेर अभियान सुरु गरिएको हो ।

सो समारोहमा साइकल पाएपछि विद्यार्थीहरु निकै खुसी भएका थिए । श्री जानकी माध्यमिक विद्यालय खजुराखुर्दमा कक्षा ९ मा अध्ययनरत छात्रा आशा तेली भन्छिन वडा कार्यालयले आफूलाई साइकल दिँदा निकै खुसी लागेको बताइन् । साइकल पाएपछि विद्यालय जान आउन सजिलो हुने र यसले गर्दा पढाईमा पनि निरन्तरता दिन सहज हुने बताइन् ।

कार्यक्रममा पालिका उपाध्यक्ष रामप्यारी यादव, जिल्ला समन्वय समिती सद्स्य जुल्फिकार मनिहार, नेपाली काँग्रेस लुम्बिनी प्रदेश सद्स्य राजु यादव, परामर्शदाता सोहराब इद्रीसी, महिला वडा सदस्य कान्ति काँदु, निर्मला हरिजन, वडा सदस्य मोहम्मद सरिफ खाँ, नेता कार्यकर्ता लगायत करीब ५० जनाको सहभागिता रहेको वडा सचिव अन्जु लामाले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *