Saturday, April 25सत्यम खबर
Shadow

चीन उइगर मुस्लिम: जनसङ्ख्या घटाउने लक्ष्य रहेको चिनियाँ अध्ययनको खुलासा

काठमाण्डौ, १९ असार –बीबीसीको एउटा अनुसन्धानले उइगर मुस्लिम र अन्य जातीय अल्पसङ्ख्यकलाई घरभन्दा टाढा सिनजियाङमा पठाउने चीनियाँ नीतिले उनीहरूको जनसङ्ख्या तितरबितर पार्ने देखाएको छ।

नयाँ जागिरको निम्ति भन्दै उनीहरूलाई सार्ने चीन सरकारको नीति रहेको बताइएको छ।

चिनियाँ सरकारको उईगुर माथिको ज्यादती र त्यहाँका हृदय विदारक दृश्यले चीनमआ भुकम्प
उईगर मुस्लिम संस्कृतिसँग जोडिएका १६० संस्था बन्द गर्न चिनको कम्युनिस्ट सरकारको निर्देशन
प्रमाणहरूले सिनजियाङभर पुनर्शिक्षा शिविर बनाइएको र उक्त नीति उनीहरूलाई नियन्त्रण गर्ने कडा उपाय भएको देखाएको छ।

बेइजिङले योजनाबद्ध रूपमा जनसङ्ख्या पातलो बनाउने उद्देश्य नभएको बताउँदै ग्रामीण गरिबी निर्मुल पार्ने योजना भएको बताएको छ।

तर सरकारले भने त्यस्तो आरोप अस्वीकार गरेको छ र मानिसहरूलाई रोजगारीका लागि पठाउँदा त्यसले आम्दानी बढ्ने र ग्रामीण भेगमा रहेको बेरोजगारी र गरिबीको समस्या सम्बोधन गर्ने जनाएको छ।

उच्च अधिकारीको जानकारीका लागि बनाइएको तर असावधानीबस अनलाइन राखिएको एउटा प्रतिवेदन, हल्ला फिजाउन बनाइएका रिपोर्टहरू, अन्तरवार्ताहरू र चीनका विभिन्न स्थानमा रहेका कारखानाको भ्रमण गरेर बीबीसीले अनुसन्धान गरेको हो।

बीबीसीले दुई प्रमुख पश्चिमी ब्रान्डका कम्पनीमा उइगर श्रमिकहरू सारिनुका कारणबारे प्रश्न सोधेको थियो। किनभने त्यसले विश्वव्यापी रूपमा सामान उपलब्ध बनाउने कम्पनीहरूमाथि गम्भीर चासो उत्पन्न भएको छ। बिबिसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *