Friday, April 24सत्यम खबर
Shadow

बलात्कार विरुद्ध ६ महिने अभियान शुरु

नेपालगन्ज, १२ असार – महिला मानबअधिकार रक्षक संजाल बाँकेले बलात्कार विरुद्धको हद म्यादविरुद्ध ६ महिने अभियान आजबाट शूरु गरेको महिला मानब अधिकार रक्षक संजाल बाँकेका पुर्व अध्यक्ष अछरी पोखरेलले जानकारी गराइन ।

बलात्कार विरुद्ध चौथो राष्ट्रिय अभियान अन्तर्गत आज दिनको ३ बजे ७७ जिल्लामा ध्यानाकर्षण पत्र सार्वजनिक गर्ने कार्यक्रम सम्पन्न भयो ।

संजाल बाँकेका पुर्व अध्यक्ष अछरी पोखरेलले पछिल्ला दिनमा महिला हिंसाका घटनामा बृद्धि हुँदै गएको संबिधानमा समेत जघन्य अपराध भनि लेखीसकेको हुनाले बलात्कारको सवालमा हद म्याद तोक्न नहुने बताउनु भयो । विगतमा महिला बलात्कार भएको ३५ दिनमा प्रमाण सहित उजुरी दिनु पर्ने भन्ने कानुनी प्रावधान रहेकोमा हाल परिर्वतन गरी १ बर्ष राख्न लागिएकोले त्यो १ बर्ष पनि तोक्न नहुने भन्दै महिला मानबअधिकार रक्षक संजाल बाँके सहित ७७ वटै जिल्लामा ६ महिने अभियानको शुरुवात गरीएको हो ।

असार १२ गते दिनको ३ बजे ७७ बटै जिल्लाबाट एकै पटक बलात्कार विरुद्धको हद म्याद हटाउनु पर्ने सन्देश सहित ६ महिने अभियान शूरु गरेको संजालका सचिव खीमा रेग्मीले जानकारी दिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *