
सकिल अहमद राई
जानकी, ११ असार – बाँकेको जानकी गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार, जानकीको बिकासको मुल आधार भन्ने नाराका साथ बाँकेको जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० काे लागि ५९ करोड ५३ लाख प्रस्तुत गरेको छ ।
१२ औं गाउँसभा शुक्रबार गाउँपालिका उपप्रमुख रामप्यारी यादवले अगामी आर्थिक वर्षका लागि गाउँपालिकाले ५९ करोड ५३ लाख ५९ हजारको बजेट तय गरेको प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमा कृषिका लागि ३५ लाख, पशुका लागि ३५ लाख, सहकारीतर्फ ५ लाख, शिक्षा शाखातर्फ ९० लाख, महिला, बालबालिका तथा जेष्ठ नागरिकतर्फ १५ लाख, स्वास्थ्यतर्फ ६० लाख गरी जम्मा १ करोड ६५ लाख रहेको छ ।
यस्तै भौतिक पुर्वधारतर्फ गाउँपालिकास्तरीय योजनाका लागि १६ करोड ५५ लाख ५९ हजार, वडास्तरीय योजनातर्फ ४ करोड ३० लाख गरी जम्मा २० करोड ९० लाख ५९ हजार रहेको छ ।
यसैगरी वन वातावरण तथा बिपत व्यवस्थापनतर्फ १० लाख, सुशासन तथा संस्थागत क्षमता बिकातर्फ १० करोड ८० लाखको बजेट रहेको छ ।१२ औं गाउँ सभालाई समापन गर्दै गाउँपालिका अध्यक्ष छब्बन खाँले – ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ’ भन्ने प्रतिज्ञा सहितको कार्य संस्कृतिको प्रर्वद्धन गरिने बताउनुभयो । आगामी साउन १ गतेदेखी गाउँपालिका भित्र कसैको घरमा छोरी जन्मिन्छ भने उसको खातामा गाउँपालिकाले ५ हजार रुपैयाँ जम्मा गरिदिने अध्यक्ष खाँले बताए । यसैगरी करमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको पनि उनले बताए ।
यसैगरी सभामा सदस्यहरु जगदीश प्रसाद हरिजन, टिकानाथ यादव, राजेन्द्र सिंह लगायतले बोलेका थिए । सभामा ६ वटै वडाका जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
सभामा वडा नम्बर ५ का वडाअध्यक्ष एवम् सभाका सदस्य टिकानाथ यादवले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमलाई गाउँपालिका योजना शाखाको कर्मचारी राजेन्द्र भाजपाईले सञ्चालन गर्नुभएको थियो । यस्तै कर्मक्रम समापन गाउँपालिकाका प्रमुख छब्बन् खाँले गर्नु भएको थियो ।
