Sunday, April 19सत्यम खबर
Shadow

“नेपालको मदरसामा आतंकवादी लुकेको भारतको आरोप“

कंचनपुर, ७ असार – भारत सरकारले नेपालमा रहेका मदरसाबाट भारत विरोधी आतङ्कवादी गतिविधि हुने गरेको आरोप लगाएको छ । नेपाल–भारत सहसचिव स्तरीय सीमा व्यवस्थापन सम्बन्धी ज्वाइन्ट वर्किङ ग्रुप (जेडब्लजी) को बैठकमा भारतीय पक्षले यस्तो आरोप लगाएको हो ।


नेपाल–भारत सीमा व्यवस्थापनको १२ औँ बैठकमा भारतीय पक्षले सीमा सम्बन्धी विविध पक्षलाई पन्छाउँदै धार्मिक गतिविधिका नाममा नेपालका मदरसाबाट भारत विरोधी आतङ्कवादी काम भइरहेको आरोप लगाएपछि नेपाली पक्षले प्रतिवाद गरेको थियो ।
बैठक बुधबार र बिहीबार नयाँ दिल्लीमा बसेको थियो । वार्तामा नेपाली टोलीको नेतृत्व गृह मन्त्रालयका सहसचिव एवं शान्ति सुरक्षा महाशाखा प्रमुख फणीन्द्रमणि पोखरेलले गरेका थिए । भारतीय टोलीको नेतृत्व त्यहाँको गृह मन्त्रालय अन्तर्गत सीमा व्यवस्थापन विभागका प्रमुख सहसचिव आशीष कुमारले गरेका थिए । (नागरिक दैनिकबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *