Tuesday, April 21सत्यम खबर
Shadow

धार्मिक भावना भड्काउनेलाई कडा कारवाहीको माग गर्दै ज्ञापनपत्र

नेपालगन्ज, १ असार – नेपालगन्जको धार्मिक सद्भाव बिथोल्ने तत्व सक्रिय रहेको अवस्थामा धार्मिक, सामाजिक तथा नागरिक समाजको अगुवाहरूको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय बा“केका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।
शोसल मिडिया लगायत साधनबाट धार्मिक आस्था माथि अपशब्द बोल्ने, लेख्ने, शेयर गर्ने धार्मिक भावना भड्काउने जो सुकै धर्मका व्यक्तिहरू विरूद्ध कडा कार्यवाहीको मांग गर्दै जिल्ला प्रशासन कार्यालय बा“केमा ज्ञापनपत्र बुझाईएको नागरिक अगुवा दिपक लोधले बताए ।


राष्ट्र धर्मगुरू महन्त चन्दननाथ योगी, इस्लाम धर्मगुरू मौलाना जब्बार, क्रिश्चियन धर्मगुरू, बौध्दीष्ट धर्मगुरू, राधे–राधे धर्मगुरू, भरत गुरू कथा वाचक, धार्मिक अगुवा कृष्णबहादुर यादव, नेपाल शिवसेना उपाध्यक्ष किशोर लामा, नेपाली का“ग्रेसका युवा नेता सुधांसु कोइराला, नागरिक अगुवा दिपक लोध राजपुत, मुस्लिम अगुवा मेराज अहमद हिमालय, राप्रपाका युवानेता हुकूम केसी, नन्दकिशोर कश्यपलगायतको सहभागिता ज्ञापन पत्र बुझाउने बेला रहेको थियो ।


उक्त ज्ञापनपत्रमा “उपरोक्त सम्बन्धमा यहाँको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं कि हामी शान्तिप्रेमी नेपालगन्ज नगरबासीहरुको शान्ति, सुरक्षा र धार्मिक आस्थामा चोट पुग्ने गरी केही असामाजिक तत्वहरुले फेसबुक लगायतका सामाजिक सञ्जालमा पोष्टहरु हाल्ने र शान्ति सुरक्षाको स्थितिलाई बिथोल्ने प्रयास गरिरहेका छन् । नेपालगन्ज नगर धार्मिक सहिष्णुता र सदभावको लागि प्रख्यात छ” भनी उल्लेख गरिएको छ ।


अगाडि लेखिएको छ “यहा“लाई अवगत छ कि यही जेष्ठ ३० गते २०७९ मा जिल्ला प्रहरी कार्यालय बा“केद्वारा जारी गरिउको चेतावनी पछि पनि ती असामाजिक तत्वहरुले नागरिकहरु र प्रशासनको संयुक्त प्रयासमा वर्षौको कडा मिहिनेत र जतनबाट स्थापित भएको शान्ति र सदभावको अवस्थालाई भंग गर्ने कुप्रयास गरि रहेका छन् । यस सम्बन्धमा दोषी जुन सुकै धर्म, समुदाय, राजनीतिक दल वा जातिको भए पनि कडाभन्दा कडा र तत्काल कानूनी कारवाही गर्न गम्भीर मांग गर्दछौं । प्रशासनलाई हामी शान्ति प्रेमी नागरिक समाजको तर्फबाट कुनै पनि सहयोग चाहिएमा तयार तत्पर छौं” भनी उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *