Tuesday, April 21सत्यम खबर
Shadow

महाकाली मातारानीको वार्षिक नगर पुजइया महोत्सव शुरू

नेपालगन्ज, २५ जेष्ठ – जेष्ठ २४ गतेदेखि २८ गतेसम्म श्री महाकाली मातारानीको वार्षिक नगर पुजइया महोत्सव कार्यक्रम एक्लैनी नेपालगन्जको ८ नम्बर वडामा शुरू भएकाे छ ।

जेष्ठ २४ गते सुन्दरकाण्ड पाठ सम्पन्न गरिनुका साथै आज बुधबार २५ गते दिउँसो २ बजे श्री महाकाली मातारानीको अभिषेक श्रृगार वेदी निर्माण गरिने आयोजक समितिले जनाएको छ । महोत्सव विशेष पुजइया जलधार, कन्या पुजन एवं कन्या भोजको कार्यक्रम बिहीबार हुने भएको छ ।

यसैगरी जेष्ठ २७ गते पुर्णाहुती तथा प्रसाद वितरण गरिने कार्यक्रम रहेको छ । विशाल भण्डारा २८ गते दिउँसो २ बजेदेखि हुने आयोजकले बताएको छ ।
महोत्सवको सम्पुर्ण कार्यक्रम श्री महाकाली शिव मन्दिर एक्लैनी बजार नेपालगन्ज -८ स्थित महाकाली मन्दिरमा हुने भएको छ ।

सम्पुर्ण श्रद्धालु, भक्तजनहरुलाई महोत्सव कार्यक्रममा सहभागी भएर पुण्य लाभ प्राप्त गर्न आयोजक परिवारले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *