Friday, April 24सत्यम खबर
Shadow

जानकी वडा नं.३ का पदाधिकारीले कार्यभार सम्हालदै

सकिल अहमद राई
जानकी, १० जेष्ठ – बाँकेको जानकी गाउँपालिका वडा नं. ३ का नवनिर्वाचित वडा अध्यक्ष र सदस्यहरुले आफ्नो कार्यभारको पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहण गर्नु पहिला वडाका कर्मचारीले उहाँहरुलाई स्वागत गर्नु भएको थियो ।

पदभार ग्रहण गर्दै वडा अध्यक्ष राजकुमार कुर्मीले जनतालाई सेवा दिँदा कसैलाई पनि भेदभाव नगर्ने बताउनु भयो । उहाँले आफु नागरिक सेवाका लागि वडा अध्यक्षको चुनावी प्रतिस्पर्धामा गरेको र वडाबासीले विश्वासी गरी आफ्नो समूहलाई विजयी बताएको बताउँदै अब वडाबासीको भूमिका सकियो आफुहरुले वडाबासीको सेवा गर्ने दिनको सुरुवात भएको बताउनु भयो ।

वड नं. ३ का समस्या र जनतासँग जनप्रतिनिधि हुनु पहिला पनि सेवा गर्दै आउनु भएको वडा अध्यक्ष कुर्मी जानकीमा उदारणीय वडाको रुपमा वडा नं. ३ लाई कसरी स्थापित गर्न सकिन्छ सबै वडाबासीको सहयोगको अपेक्षा गर्नु भएको छ । पारदर्शि, जवाफदेही र जनमुखी सेवाका लागि जस्तोसुकै अवस्थामा पनि काम गर्ने उहाँको विचार रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *