
नेपालगन्ज, ३१ बैशाख – बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रेसले खाता खोेलेको छ । वडा नम्बर २३ को वडा अध्यक्षमा नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार जब्बर अली बेहना विजयी भएका छन् ।
जब्बर नेपाली काँग्रेसको वडा नम्बर २३ को बुथ सभापति समेत छन् । उनले जसपाका मो.हुसेन शेषलाई पराजित गर्दै आफू विजयी भएका छन् । शेष यस अघिका वडा अध्यक्ष हुन् । बेहनाले २३२ र शेषले १९४ मत पाएका छन् ।निर्वाचन अधिकृतद्वारा यसको औपचारिक घोषणा हुन बाँकी छ ।
