Thursday, May 7सत्यम खबर
Shadow

‘तपाईको मत र भावनाको कदर गर्छु, मलाई जिताउनुस्’– मिश्र

नेपालगन्ज, २७ बैशाख – नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार पशुपतिदयाल मिश्रले मतदाता समक्ष आफुलाई जिताउन लिखित अपील गर्नुभएको छ । चालिस सालदेखि राजनीतिमा लागेका मिश्रले नेपालगन्जलाई शिक्षा, स्वास्थ्य, उद्योग र पर्यटनको हब बनाउँदै समृद्ध नेपालगन्ज निर्माण गर्ने अठोट लिनु भएको छ ।
नेपालगन्जको विकासमा विभिन्न पदमा रहेर काम गर्दै आउनु भएका मिश्रले मेयरको रुपमा नेपालगन्जको समग्र विकासमा टेवा पुर्याउने प्रतिवद्धता गर्नुभएको छ । राजनीतिक शास्त्रमा एमएसम्मको अध्ययन गर्नुभएका मिश्र २०५४ सालमा हिरमिनिया गाविसको अध्यक्ष हुनुभएको थियो । गाविस अध्यक्ष हुँदा हिरमिनियाको विकासमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।


उहाँ गाविस महासंघको अध्यक्ष, जिल्ला विकास समितिको सभापति पदमा रहेर काम गरेको अनुभव संगालेका मिश्रले २०५४ सादमा बगौडाको विकासका लागि सडक र सामुदायिक बिद्युतीकरणको अवधारणा सहित ५० लाख बजेट बिनियोजन आफ्नै सक्रियतामा गरिएको, २०६३ सालमा जिविस सभापति हुँदा परसरपुर–गौघाट सडक, चौलिका–हिरमिनिया–होलिया सडक, सम्झानाचोक–कोहलपुर सडकको डिजाइन स्टिमेट र सम्झौता गर्नु भएको थियो ।
मिश्रले भारतले बन्द गरेको सिक्टा सिंचाई परियोजना सूचारु गर्न पहल गरी ९० करोड बजेट बिनियोजन गर्न लगाएको, धम्वोझी स्कुलको हालको भवन निर्माणको प्रस्तावना स्टिमेट, टेण्डर र शिलान्यास, भेरी अस्पतालको आकस्मिक कक्षको डिजाइन र स्टिमेट समेत जिविस महासंघको अध्यक्ष गराउनु भएको थियो ।
सोही समयमा पशुपति शिक्षा मन्दिर भवन, भेरी बृद्धाश्रम भवन, महेन्द्र पुस्तकालयको दोस्रो सभाकक्षको निर्माण गराउनुभएको थियो । जिविसमा छोटो समय रहँदा पनि विकास गर्ने चाहाना भएमा यतिधेरै काम गर्न सकिने रहेछ भन्ने मिश्रले उदाहरण दिनुभएको थियो ।
मिश्रले नेपालगन्ज बिश्वबिद्यालयको अभियान, उच्च अदालत नेपालगन्जमा राख्न अगुवाई गरेको फलस्वरुप उच्च अदालत नेपालगन्ज इजलासको स्थापना भएको, नेपालगन्ज एयरपोर्टलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन पहल गरेको, बिशेष आर्थिक क्षेत्रको परिकल्पना सहित सर्वे भएर माष्टर प्लान तयार गर्न मिश्रको अहम भूमिका थियो ।
एशियाली विकास बैंकको परियोजना ल्याउन ज–जसले जे भन्ने गरेपनि ल्याण्डफिल साईटका लागि जग्गा खरिद गर्न समस्या परेको अवस्थामा मिश्रले पहल गरेर जिविसले सोधभर्ना सापटीको व्यवस्था गरी उक्त परियोजनाको कार्यालय जिविसमै राखि काम अघि बढाएको थियो ।
‘चुनावी अभियानको क्रममा तपाईहरु सबैको घरदैलोमा प्रत्यक्ष भेट गरी आर्शिवाद लिने तिब्र इच्छा हुँदाहुँदै २३ वटै वडाहरुमा पुग्नुपर्ने बाध्यताले समय अभाव भई आउन नसकेकोमा दुखित छु ।’ मिश्रको अपीलमा भनिएको छ,–‘निर्वाचन पश्चात आउने वाचा गर्दै बिगतमा अज्ञानताबस म बाट कुनै कमी कमजोरी भएको वा कसैको चित्त दुखाउने काम भएको भए सोका लागि मानवीय कमजोरी ठानी क्षमा गर्न हुन र बैशाख ३० गते हुने निर्वाचनमा म सहित उपमेयर पदका उम्मेदवार शान्ति ढकाल र २३ वटै वडाका वडा अध्यक्ष र सदस्यहरु सहित सम्पूर्ण टिमलाई बिजयी गराउन बिनम्रतापूर्वक अनुरोध गर्दै पाँच वर्षमा नेपालगन्जलाई समृद्ध नेपालगन्जको बाटोमा लैजाने प्रण गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *