Thursday, May 7सत्यम खबर
Shadow

नन्दलाल वैश्य जितको नजिक

नेपालगन्ज, २६ बैशाख – राप्रपाका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका नन्दलाल वैश्य जितको नजिक पुगेको बताएका छन् । उनी उम्मेदवारी दिएसके पछि नेपालगन्ज उपमहानगरपालिकाको २३ वटै वडाहरुमा घरदैलो गरेर जनता सँग आफु प्रत्यक्ष भेट गरेर जितको नजिक पुगेको महाशुस गरेको बताए ।

मेयर पदमा उम्मेदवारी दिएका नन्दलाल वैश्यले तलव भत्ता नलिने प्रतिबद्धता गरेका छन् । उनी यो प्रतिबद्धता आफ्नो प्रतिबद्धताको पहिलो नक्बरमा राखेका छन् । आफुले पाएको तलव भत्ता जनताहरुलाई नै सहयोग गरेको बताए । उनी नगरपालिकाको मेयर पदाको उम्मेदारी जितेपछि मेयरले पाउने सबै तलब भत्ता नलिने प्रतिबद्धता गरेका हुन ।

उनले आफुलाई कुनै किसिमको पैसाको मोह समेत नरहेको बताए । वैश्य आज दिनभरी वडाको टोल टोलमा गएर कोण् सभा गर्दै जनता सँग भेट गरेका थिए । कोण सभाकै क्रममो नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. १५ मा कोण सभा गर्दै जनताहरुलाई भेट घाट गरे र नेपालगन्ज बजार क्षेत्रमा करिब सबैतिर बाटोघाटोको विकास भैसकेको तर गाँउमा विकास नभएको कारणले अबको विकास गाँउ तिर गर्नेमा जोड दिने बताए ।

उनीले नगरपालिकाको मयर पदमा जित्न सफल भए भने वडा नंं १५ मा ईदगाह र सम्सान घाट समेत निर्माण गर्ने प्रतिबद्धता वैश्यले गरे । उनी सँगै प्रचार प्रसारमा हिडेका राप्रपाका महामन्त्री तथा नेपालगन्ज उपमहानगरपालिकाका पुर्व निवर्तमान मेयर धवल शम्शेर राणाले मेयरका उम्मेदवार मध्य नन्दलाल वैश्य उत्तम रहेको बताए ।

उने नेपाली काँग्रेसका प्रशान्त विष्ट र नेकपा एमालेका पशुपति मिश्रा मध्य नन्दलाल नै नेपालगन्जको विकासका लागि कुशल व्यत्रिः रहेको बताए । उनी आफुले ५ बर्षमा विकास गर्न नसकेको र बाँकी रहेको विकास नन्दलाल जितेविकास गर्ने प्रतिबद्धता समेत गरे । मेयरको विरता जोगाउनका लागि नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्शेर पनि प्रचार प्रसामा आफै खटेका छन् ।

उनले भने नेपालगन्जको विकासलाई निरन्तरता दिनका लागि नन्दलाललाई भोट दिएर जिताउनु र मेरो पालामा भएका विकासहरुलाई संरक्षण गर्नका लागि नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदमा नन्दलाल भन्दा अरु कोही सक्षम नरहेको दावी समेत गरे । अरु पार्टीका मेयर पदमा आए भने कार्यकर्ता पाल्ने र भ्रष्टचार तिर लाग्ने गरेको बताए जसकारणले अबको नेपालगन्जलाई विकास गर्न र संरक्ष गर्न नन्दलाल नै सक्षम मेयर रहेका मेयर राणाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *