
नेपालगन्ज, १६ बैशाख – नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ ले घरदैलो कार्यक्रमलाई तिव्र दिएको छ । नेपाली काँग्रेसले वडा नं.४ का वडाअध्यक्ष पदका उम्मेदवार प्रदिप शाहलाई अगाडि बढाएको छ ।
यसैगरी सदस्यहरुमा महिलातर्फ अस्मिता शाह महतरा, पुरुष तर्फ उत्तम सिंह सिजापती, मुस्लिम तर्फ मो.सलिम हलुवाइ दलित महिला तर्फ सुशीला कोरीलगायतकाे संयुक्त टीम घरदैलाे गरिरहेका छन् ।
घरदैलो अन्तर्गत नेपालगन्ज वडा नं.४ स्थित तन्नु पान पसल देखि नेपाली काँग्रेस वडा नं.४ सम्पर्क कार्यालय र गणेशपुर मनिष श्रेष्ठको घर लगायत सम्पर्क कार्यालयको उत्तर दायाँबायाँ घरदैलो गरीएको अध्यक्ष पदका उम्मेद्वार शाहले जानकारी गराउनुभयाे ।
घरदैलोका क्रममा स्थानिय वडा बासीहरुले अध्यक्ष शाह लगायतको टिमलाई स्वागत समेत गरिरहेकाे सदस्य पदका उम्मेदवार उत्तमसिंह सिजापतिले जानकारी गराउनुभयाे ।घरदैलोमा स्थानिय वडा बासीहरुको आफुप्रतिको विश्वासलाई हेर्दा विजय सुनिश्चित भएको अध्यक्ष पदका उमेदवार शाहले बताउनुभयाे ।
