Saturday, April 18सत्यम खबर
Shadow

कम्दिमा जैबिक चौतारी

नेपालगन्ज, ३० चैत्र – बास नेपालले जैबिक चौतारी कार्यक्रम चैत्र २९ गते सम्पन्न गरेको छ । डिभिजन बन कार्यालयको सहयोगमा बास नेपालले सो कार्यक्रम कम्दिमा सम्पन्न गरेको हो ।
कार्यक्रममा जैबिक बिबिधता, सवाल, बन संरक्षण र चुनौतीहरुको बारेमा व्यापक छलफल भएको थियो । बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा डिभिजन बन कार्यालय बाँकेका सहायक बन अधिकृत गणेशबहादुर खड्काले बन संरक्षणका सवालमा नेपाल बिश्वमै अगाडी रहेको उल्लेख गर्दै बन संरक्षणका सवालमा स्थानीयहरुको अग्रसरता महत्वपूर्ण रहेको बताए ।


कार्यक्रममा बोल्दै सामुदायिक बन समन्वय समिति कम्दिका अध्यक्ष लबराज खरेलले सामुदायिक बनहरुमा चोरी तस्करी, शिकारी व्यापक रुपमा हुने गरेको, बन हेरालुहरु जोखिममा रहेको, आगलागीका घटनाहरु बढेर गएको बताएका थिए ।
कार्यक्रममा ईलम परियोजनाकी लक्ष्मी चौधरीले परियोजना बारे जानकारी गराएकि थिईन् । कार्यक्रममा छग्रहवा सामुदायिक बन उपभोक्ता समूह डुडुवा ५ का अध्यक्ष भिम बहादुर चन्द, बागेश्वरी सामुदायिक बन उपभोक्ता समूह कोहलपुर ७ का अध्यक्ष जंगलि थारु, राप्ती तटिय बहुउद्धेश्शिय सहकारी संस्थाका अध्यक्ष खेम बहादुर बुढाथोकी, पशुपतिनाथ सामुदायिक बन उपभोक्ता समूह तथा स्थानीय बन महासंघका अध्यक्ष बेल बहादुर बोहरा, पूर्णिमा महिला सामुदायिक बन उपभोक्ता समूहकी अध्यक्ष तिल कुमारी क्षेत्री, समाज एकता सामुदायिक बन उपभोक्ता समूह वडानम्वर ५ का अध्यक्ष ईन्द्र बहादुर बुढाथोकी लगायतले बनसँग बिभिन्न सवालहरु उठान गरेका थिए ।


डिभिजन बन कार्यालयसँग सम्वन्धित सवालहरुको जवाफ डिभिजन बन कार्यालयका सहायक बन अधिकृत गणेशबहादुर खड्काले दिएका थिए ।
कार्यक्रमको अन्तमा बनका बिबिध सवालमा निष्कर्ष निकालिएको थियो । कार्यक्रमको अन्तमा रैथाने प्रजातीका बिरुवाहरु मात्र सामुदायिक बनमा बृक्षारोपण गर्ने, संयुक्त चोरी निकाशी नियन्त्रण कार्यदललाई सक्रिय पार्ने, सामुदायिक बन उपभोक्ता समूहका पदाधिकारीहरुका लागि क्षमता अभिबृद्धि तालिम सञ्चालन गर्ने, बन क्षेत्रलाई प्रबिधिमैत्री बनाउनका लागि पहल गर्ने प्रतिबद्धता जारी गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *