Friday, May 1सत्यम खबर
Shadow

साहु समाजकाे हाेली मिलन सम्पन्न

के आर शर्मा
नेपालगन्ज, १२ चैत्र – जिल्ला साहु समाज बाँके तथा साहु समाज युवा समितिको संयुक्त तत्वाधानमा आज होली मिलन बिशेष कार्यक्रम सम्मान सहित सम्पन्न गरेकोछ ।

कार्यक्रममा अधिकांश बक्ताहरु होली उत्सवका बारेमा समाजमा पर्ने साँस्कृतिक प्रभाव र परमपरागत सँस्कार र समाजलाई बनाई राख्ने सत्मार्ग रंगको माध्यमबाट सत्यको बाटो पहिल्याउँदै रिसराग, द्वेष, झुठ, अहंकारबाट टाढा हुँदै एक अर्कामा आत्मियता प्रेम बढाउने पर्बका रुपमा मनाउँदै आएको बिचार राखेका थिए ।

बक्ताहरुमा नेपालगन्ज उपमहानगर वडा नम्बर पाँचका वडा अध्यक्ष कयूफुल वरा, लुम्बिनी प्रदेश औषधि ब्यवसायी संघका बरिष्ठ उपाध्यक्ष अभयकुमार बस्नेत भने कार्यक्रम जि.साहु समाजका अध्यक्ष हंसराम साहुको सभापतित्वमा सम्पन्न भएको थियो ।

होली मिलन बिषेश सम्मान सहितको कार्यक्रममा नेपाल प्रेस युनियन बाँकेका पुर्व अध्यक्ष, उपाध्यक्ष, के.पार्षद तथा वर्तमान कोषाध्यक्ष क्रमश: पत्रकार” नरेन्द्र थापा, कुन्तलराज शर्मा, मधु पौडेल, पवन जैसवाल, साहु समाजका जि. उपाध्यक्ष बिमल साहु, साहु समाज युवा संघका अध्यक्ष राम किसन साहु, सह-सचिव प्रहलाद साहु, साहु समाजमा आबद्ध सममुखिया साहु, मनोज साहु, पिन्टु साहु, समाजसेविका कान्ति शर्मा, प्रेमा शाही लगायत अतिथिहरुको उपस्थित रहेको थियो ।

कार्यक्रम सञ्चालन नेपाली काँग्रेस संसदीय क्षेत्र २ का सचिव तथा साहु समाजका सचिव प्रदीप साहले गर्नु भएको थियो । भने स्वागत मन्तव्य बृजलाल साहुले गरेका थिए । भने साहु समाज समितिले बेला बेलामा समाजमा प्रत्यक्ष सरोकारका बिषयमा रचनात्मक कार्य गर्दै आएको साहु समाजले जानकारी गराएको थियो ।

कोरोनालहरमा प्रहरीहरूलाई मास्क, पानी, चाउचाउ बितरण, अन्जनी माँता रसोईलाई पानी र खाना सामग्री सहयोग, बृहत रक्तदान कार्यक्रम, नव दुर्गा बिशेष पुजा र चार्ड पर्वहरूमा भण्डारा, हडियाबाबा मेलामा साधुसन्तलाई फलफुल बितरण, बिपन्न साहु परिवारलाई कोरोनाका बेला खाद्यान्न लगायतका “आर्थिक सामाजिक” सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *