
नेपालगन्ज, ८ चैत्र – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले नजिकिँदै गरेको स्थानीय तहको चुनाबलाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीले अभियानलाई तिब्रता दिएको छ ।
आज नेपालगन्ज उपमहानगरपालिका वडा नं १४ मा वडा भेला एवम् संगठन विस्तार कार्यक्रम अन्तर्गत ४ वटा जनवर्गीय संगठन विस्तार गरेको छ । संगठन विस्तार क्रममा अखिल नेपाल किसान महासंघ (क्रांतिकारी) अखिल नेपाल दलित मुक्ति मोर्चा, अखिल नेपाल महिला संघ (क्रांतिकारी) र योङ कम्युनिस्ट लिग नेपाल गरी ४ वटा संगठन गठन गरेको छ ।
मिना खटिकको नेतृत्वमा ११ जना सदस्य अखिल नेपाल महिला संघ क्रांतिकारी, राजित राम खाटिकको नेतृत्वमा ११ सदस्य अखिल नेपाल दलित मुक्ति मोर्चा, खेम राज बर्माको नेतृत्वमा ११ सदस्य अखिल नेपाल किसान महासंघ गरी विभिन्न जनवर्गीय संगठन विस्तार गरिएको छ । कमाण्ड नं ३ अन्तर्गत गोपाल पुनको कमाण्ड र सहकमाण्ड धर्मराज न्यौपानेले उक्त कार्यक्रम कमाण्ड गर्नु भएको थियाे ।
उक्त कार्यक्रमको अध्यक्षता नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ कमिटीका अध्यक्ष गुलाम रसूल साईले गर्नु भएको थियो भने प्रमुख अतिथिमा लुम्बिनी प्रदेश कमिटी सदस्य एवम जुझारु युवा नेता नवीन शर्माले गर्नु भएको थियो ।
अतिथिमा नगर कमिटी अध्यक्ष युवा नेता रतन शाही, उपाध्यक्ष गोपाल पुन, नगर कमिटी सदस्य धर्मराज न्यौपाने, प्रेम सापकोटा, मुस्लिम मुक्ति मोर्चा नगर उपाध्यक्ष मुस्ताक अन्सारी, प्रेस सेन्टर नगर सचिव आकाश कसौधन लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
