Monday, April 13सत्यम खबर
Shadow

डुडुवामा जेष्ठ नागरिक अस्पताल बन्दै

डुडुवा, १२ फागुन – डुडुवा गाउँपालिकाले जेष्ठ नागरिकहरुका लागि छुट्टै १६ सैय्याको अस्पताल सञ्चालन गर्न लागेको छ । जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्नका लागि उपचार केन्द्र सञ्चालन गर्न लागिएको हो ।


गाउँपालिका वार्ड नं.२ स्थित बेतहानी स्वास्थ्य चौकी प्रांगङमा आठ कोठे अस्पताल भवनको बुधबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले भवनको शिलान्यास गर्दै जेष्ठ नागरिक सम्मानका लागि स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखी उनीहरुको निशुल्क उपचार तथा औषधी वितरण गरिने बताउनुभयो ।
उहाँले डुडुवा मै विशेषज्ञ सुविधा र प्रयोगशालामाफर्त स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास दिलाउँदै घरमै सेवा प्रदान गर्ने अवधारणालाई अघि बढाएको बताउनुभयो । उहाँले अस्पताल संचालन भएपछि विशेषज्ञ परामर्श र प्रयोगशाला जाँचका लागि बजार जानुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो ।
रु ७९ लाखको लागतमा निर्माण हुने अस्पतालमा ८–८ बेडको महिला र पुरुषका लागि छुट्टै वार्ड, एक्सरे सेवा, इसिजी सेवा, अल्ट्रासाउण्ड सेवा, फार्मेसी, डियुटी कक्ष, सोधपुछ कक्ष, प्रयोगशाला र शौचालयसहितको अत्याधुनिक भवनको निमार्ण हुने गाउँपालिकाका इन्जिनियर प्रकाश थापाले बताउनुभयो ।
तीन महिनाको अवधीमा निमार्ण सम्पन्न गर्ने गरि दिपक विल्डर्स प्रालिले कोहलपुर बाँकेले ठेक्का लिएको छ । वहुवर्षिय योजना अन्तर्गत आगामी वर्षहरुमा थप भौतिक पुर्वाधार निर्माण गरि सेवास्तर बृद्धि गरि लैजाने योजना रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो ।
डुडुवा गाउँपालिकाले जिल्ला मै स्वास्थ्य क्षेत्रमा पहिलो स्थानमा रहेको छ भने गाउँपालिकाले घरघरमा स्वास्थ्य सेवा अभियान अन्तर्गत तीन स्थानमा निशुल्क प्रयोगशाला, नागरिक आरोग्य केन्द्र, आठ वटा स्थानमा स्वास्थ्य केन्द्रको सञ्चालन, दुई वटा एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *