
– विद्रोही
समय सापेक्षकाल अनुसार धर्मको परिभाषा र स्वरुप पनि फेरिँदै रहन्छ । विश्वमा यसअघि कैयौं धर्मको उत्पत्ति भयो त्यसमा तमाम धर्मको लोप पनि भयो पछि नयाँ धर्म र सभ्यताहरु जन्मिए । यस्ता जन्मिएका मध्येका सभ्यता हुन्, इसाई, यहुदी र इस्लाम । यिनीहरु आफूलाई धर्म मान्ने गर्छन् तर वास्तविक रुपमा देख्ने हो भने यिनीहरु एउटा मत मात्र हुन् । यि ३ वटै धर्मबीच ठूलो ठूलो युद्धहरु हुँदै आएको छ ।

केही धर्म ग्रन्थमा यहुदी, नसारा, मजुसीहरु आफ्ना खुल्ला दुश्मन हुन् यिनीलाई हेर्दै नै हत्या गरी देउ यस्तो आदेश दिइएको पाइन्छ । तर अब यस्तो शत्रुताको अन्त हुने भएको छ । यसका लागि अरब देशहरुले ठूलो पहल गरेका छन् । बहरीन र युएईले इजरायल देशमा यहुदी धर्म मान्ने, इसाई धर्म मान्ने र इस्लाम धर्म मान्नेहरुलाई एक अर्का नजीक ल्याउन महत्वपूर्ण सम्झौता गरेका छन् । यो सम्झौतालाई इब्राहिमी सम्झौता भनिएको छ । इस्लाम धर्मावलम्बीहरु पैगम्बर हजरत इब्राहीम अलैहिस्सलामको श्रद्धा गर्छन् भने यिनीलाई नै यहुदी र इसाई धर्मावलम्बीहरुले म्यासेन्जर अब्राहम भनेर श्रद्धा गर्छन् । यसरी हजरत इब्राहीम अलैहिस्सलामलाई यी ३ वटै धर्मावलम्बीहरुले मान्छन् । यी त्यही नै पैगम्बर हुन् जसलाई ईश्वरले सपनामा आदेश दिएका थिए कि मेरो राह अर्थात बाटोमा आफ्नो सबै भन्दा प्यारो व्यक्तिलाई कुर्बानी (बलिदान) गरी देऊ अनि त्यही सपनाको आधारमा उनीले आफ्नो छोराको कुर्बानी दिए । कुर्बानी पछि ईश्वर खुशी भए र इब्राहीमको छोराको सट्टा दुम्बा (बाख्रा) उभ्याई दिए र त्यो दुम्बा बाख्रा कट्यो ।
यसरी ईश्वरले एक किसिमले पैगम्बर हजरत इब्राहीमको ठूलो परीक्षा लिएका थिए । जस परीक्षामा उनी सफल भए । हजरत इब्राहीम ईश्वरको ठूलो भक्त रहेकोले यिनीलाई ३ वटै धर्म मान्नेहरुले श्रद्धाले हेर्छन् । अहिले यहुदी, इसाई र इस्लाम धर्म मान्नेहरुले सम्पूर्ण विश्वमा अहिंसाको वातावरण पैदा गर्न हजरत इब्राहीमको सहारा लिएका छन् । यो इब्राहिमी सम्झौता लागु भयो भने यहुदी, इसाई र इस्लामबीचको पुरानो शत्रुता समाप्त हुनेछ र ३ वटै धर्म एक आपसमा विलीन भएर एएटै धर्मको स्थापना हुनेछ र त्योधर्म हुनेछ इब्राहिमी धर्म । यो नयाँ धर्मको परिकल्पना अरबका विभिन्न शासकले गरेका छन् उनीहरुको नेतृत्व साउदी अरबका क्राउन प्रिन्स मो. बिन सलमानले गरी रहेको बुझिन्छ । जबदेखि उनी साउदी अरबको नेतृत्व गर्न शुरु गरेका छन् नयाँ प्रकारको सुधारात्मक कार्यहरु भएको छ ।
साउदी महिलालाई विभिन्न अधिकार, इस्लाम धर्मको पवित्र ग्रन्थ कुरानको प्राचीन दस्तावेज खोज गर्ने आदेश, त्यस्तै साउदी अरबमा हिन्दुहरुको रामायण महाभारत र बौद्ध ग्रन्थ विद्यार्थीहरुलाई पढाउने, हिन्दु वक्ताहरुद्वारा आफ्नो यहाँ प्रवचन गर्न पाउने स्वीकृति लगायत जस्ता महत्वपूर्ण कार्यहरु भएका छन् अरबका उदारवादी मुस्लिम शासकको आवश्यक पहलमा नै युएईमा विशाल हिन्दु मन्दिरको निर्माण भएको छ । अहिले सम्पूर्ण विश्वलाई धार्मिक आतंकवादबाट मुक्ति दिलाउन अरबका विभिन्न शासकहरुले मिलेर जुन प्रकारले बहरीन, युएई र इजरायलबीच महत्वपूर्ण इब्राहिमी सम्झौता जुन प्रकारले गराएका छन् यसबाट अगामि समय सम्पूर्ण विश्वबाट धार्मिक आतंकवादको समाप्ति हुने सम्भावना बढ्दै गएको छ । अब धर्मको आडमा पशु हत्या समेत बन्द भई अहिंसाको मार्ग सबैले अनुशरण गर्न प्रेरित हुनेछन् ।
यहुदी र इसाईहरुले म्यासेन्जर इब्राहीमप्रति अगाध आस्था राख्छन् तर ईश्वरको नामले जथाभावी पशुको बलि दिँदैनन् । इब्राहिमी धर्मको स्थापना भयो भने यसबाट ईश्वरको नामले जथाभावी ढंगले बलि दिइने कार्यमा केही हदसम्म नियन्त्रण हुनेछ । यस प्रकार केही दिनभित्रै विश्वमा नयाँ नयाँ सुधारको पाइलाहरु चालिँदैछन् र सुधारात्मक पहलबाट केही कट्टरपन्थीहरु अवश्य त्रसित बनेका छन् यस मध्येका एक त्रसित व्यक्ति हुन् मिश्रका पुराना युनिवर्सिटी अलअजहरका इमाम अल तैयब यिनले नयाँ धर्मको अलोचना गर्दै भनेका छन्, इब्राहिमी नयाँ धर्मको स्थापना गरी केहीहरुले नराम्रो काम गरी रहेका छन् । यो इब्राहिमी नयाँ धर्मले सफलता पाउन सक्दैन । ३ वटै धर्मलाई एउटै स्थानमा ल्याएर स्थापित गर्नु गलत कार्य हो नयाँ इब्राहिमी धर्म हामीलाई स्वीकार्य छैन यो धर्म अरब देशका केही शासकले आफ्नो नीजि स्वार्थ साध्न स्थापित गर्ने प्रयास गरी रहेका छन् । यसको म कडा शब्दमा विरोध र निन्दा गर्छु ।
यहुदी धर्मकोस्थापना पैगम्बर हजरत इब्राहीमले आजदेखि ४ हजार वर्ष अघि गरेका थिए उहाँलाई यहुदी, इसाई र मुस्लिमले पनि श्रद्धा गर्छन् । यी तीन वटै धर्मका ३ जना महान व्यक्तित्व छन् उनी मध्ये हुन्ः मुसा अलैहिस्सलाम, ईसा अलैहिस्सलाम, दाउद अलैहिस्सलाम र इब्राहीम अलैहिस्सलाम यस मध्ये दाउदलाई मान्नेहरु वर्तमन समयसम्म लोप रहेको अवस्थामा देखिन्छन् यी ३ वटै धर्म एकै हाँगाबिँगाका हुन् यस कारण यिनी बीचको परम्परा र संस्कृति एउटै छ । यी धर्महरुको स्थापना हुँदा सबै भन्दा पहिले हजरत इब्राहीमको उपस्थिति भएको थियो सो पछि दाउद, मुसा, ईसा मसीह र सबै भन्दा अन्तिममा हजरत मोहम्मद स.को उपस्थिति भएको वृतान्तहरुमा उल्लेख पाइन्छ । जे होस्, इब्राहिमी धर्मको अहिलेप्रायः सबै अरब देश र इस्लामी देशमा खुबै चर्चा छ । यो धर्मको स्थापना हुन्छ कि हुँदैन यो हेर्न अझै केही दिन अरु कुर्नुपर्ने छ तर यो धर्म स्थापना भए यहुदी, इसाई र मुस्लिमबीचको आपसी टकराव समाप्त हुने सम्भावना छ ।
