Tuesday, October 22सत्यम खबर
Shadow

तिजको अवसरमा पूर्वमन्त्री राईदेखि प्रशासन प्रमुखसम्मले के–के लेखे स्टाटसमा….

नेपालगन्ज, ५ भाद्र – बाँके जिल्ला लगायत देशभरमा आज हरितालिका तीजको रौनक नभएपनि सार्वजनिक सञ्जाल फेसबुक, ट्युटर, इमो लगायतमा शुभ–कामना आदान प्रदान गर्नुका साथै कोभिड–१९ को संक्रमणबाट जोगिन घरमा बसी तिज मनाऔं भनी स्टाटसहरु देख्न पाई्रन्छ ।
सोही सार्वजनिक सञ्जालको प्रयोग बाँकेका जनप्रतिनिधिहरुदेखि लिएर प्रशासन प्रमुखहरुले समेत गरी विभिन्न सन्देशहरु शुक्रबार प्रवाह गरेका छन् ।


सोही क्रममा पूर्व मन्त्री एवम् बाँके क्षेत्र नं. २ का सांसद मोहम्मद ईस्तियाक राईले ईस्लामिक नयाँ वर्ष १४४२ हिजरी तथा हिन्दू महिलाहरुको महान पर्व हरितालिका तिज–२०७७ को सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजु–भाई तथा दिदी–बहिनीहरुमा शुभकामना व्यक्ति गरिनुका साथै तीज र मोहर्रम जस्ता महान चाड पर्वहरुमा गरिने सबै प्रकारका जमघट, भेला, धार्मिक कार्यक्रम तथा साँस्कृतिक कार्यक्रमहरु आ–आफ्नो घर भित्रै सुरक्षित भएर गरिदिनु हुन विनम्र अनुरोध गरेका छन् ।


यसैगरी पूर्व खेलाडी तथा बाँकेका सांसद सुरेन्द्र हमालले आफ्नो स्टाटसमा हरितालिका तिजको उपलक्ष्यमा सम्पूर्ण दिदिबहिनीहरुलाई हार्दिक मंगलमय शुभ–कामना व्यक्त गर्दै यस पालाको तिज घरमै घर परिवारसँग रमाईलो गरि मनाई दिनुहुन अनुरोध गरेका छन् ।
यसैगरी, जिल्ला प्रशासन कार्यालय बाँके प्रमुख रामबहादुर कुरुम्वाङले आफ्नो फेसबुक स्टाटसमा बाँकेका सबै महिला दिदी–बहिनीहरुलाई घर मै बसेर तिज मनाउन विशेष अनुरोध सहित हार्दिक मंगलमय शुभ–कामना व्यक्त गरेका छन् ।
यसैगरी, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज–२०७७ लाई सुरक्षित भएर मनाउन अपिल गर्नुभएको छ ।
उपप्रमुख थापाले बिहिबार तीजको शुभकामना ब्यक्त गर्दै वर्ष दिनमा एक पटक आउने तीज पर्व यस वर्ष कोभिड–१९ को महामारीका कारण हरेक वर्ष झै तिजको अवसरमा गरिने जमघट, भेला र पुजा आजा घर भित्र नै सुरक्षित भएर मनाउन सम्पूर्ण दिदिबहिनीहरुमा हार्दिक अनुरोध गर्नुभएको छ ।
यो वर्ष आफ्नो घर परिवारको बिचमा रही यो पर्व रमाईलो गरि मनाउन अनुरोध गर्दै भौतिक दुरी, अनिवार्य मास्कको प्रयोग र पटक पटक साबुन पानीले हात धुने लगायतका कार्यलाई आफुले पनि पालना गर्ने र अरुलाई पनि पालना गर्न सिकाउने कार्यमा सहयोग गर्नका लागि अनुरोध गर्दै हरितालिका तिजको पावन अवसरमा सम्पूर्ण आमा तथा दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु भनी नेपालगन्ज उपमहानगरपालिकामार्फत जारी सूचनामा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *