
नेपालगन्ज, ४ पाैष – शनिबार सम्पन्न प्याब्सन बाँकेको अधिवेशनद्वारा नयाँ नेतृत्व चयन गरिएकाे छ । यम रावतकाे अध्यक्षतामा प्याब्सन बाँकेकाे नयाँ नेतृत्व चयन गरिएकाे छ ।
प्याब्सन बाँकेको शनिबार नेपालगन्जमा सम्पन्न १५औं जिल्ला अधिवेशनले रावतको नेतृत्वमा कार्यसमिति सर्वसम्मत् चयन भएको छ ।
समितिको बरिष्ठ उपाध्यक्ष मनोजकुमार गिरी, उपाध्यक्ष शरदचन्द्र रावल, सचिव रोशन काजी श्रेष्ठ र कोषाध्यक्ष नारायण दत्त शर्मालाई चयन गरिएको नेपालगन्ज नगर अध्यक्ष बिकास बज्राचार्यले जानकारी गराउनु भएको छ ।
