Thursday, April 23सत्यम खबर
Shadow

पत्रकार बस्यालकाे जीवन संगिनीकाे असामयिक निधन

नेपालगन्ज, ४ पाैष – नेपाल प्रेस युनियन बाँकेका सदस्य तथा रेडियो बिजी एफ.एम. सुर्खेतका सञ्चालक/पत्रकार टेकेन्द्र बस्यालको जीवन संगिनी डोल्मा पहाडीको ३० वर्षको उमेरमा असामयिक निधन भएकोप्रति हामी स्तब्ध भएका नेपाल प्रेस युनियन बाँकेका सचिव विजय मल्लाद्वारा जारी शाेक वक्तब्यमा जनाईएकाे छ ।

सुर्खेत, भेरीगंगा नगरपालिका वडा नम्बर ७ निवासी उहाँको आइतबार बिहान करिव १० बजेतिर घरमै एक्कासी अचेत भएर निधन भएको थियो । परिवारका अनुसार विगत तीन वर्षदेखी मृगौलाले काम गर्न छाडेपछि उहाँ नियमित उपचारका क्रममा हुनुहुन्थ्यो । उहाँका श्रीमान र ४ वर्षका छोरा हुनुहुन्छ ।

उहाँको हिन्दु परम्परा अनुसार सोमबार अन्त्येष्टी गरिने पारिवारीक स्रोतले जनाएको छ । यस दुखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामनासहित नेपाल प्रेस युनियन बाँके हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछ । साथै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति मिलोस् भनि गहिरो समवेदना प्रकट गर्दछौं भनी शाेक वक्तब्यमा उल्लेख गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *