Thursday, April 23सत्यम खबर
Shadow

बाँकेमा लभजिहाद, विधालयहरूमा नैतिक ज्ञानकाे आवश्यकता

नेपालगन्ज, ३ पाैष – हिन्दु धर्मावलम्बीहरूकाे वैदिक सनातन धर्मान्तरण, लभ जिहाद, हिन्दु राष्ट्रकाे स्थापनालगायत विषयमा जागृति ल्याउन नेपालगन्जलगायत देशै भरमा “हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान” प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा पुर्व एआइजी कल्याण तिमिल्सिना मुख्य वक्ताका रूपमा उपस्थित हुनुहुन्थ्यो । त्यस्तै हिन्दु स्वयं सेवक संघ नेपालको शारीरिक प्रमुख बिकूल दहाल जनजाति कल्याण आश्रम नेपाल बाँके जिल्ला अध्यक्ष कृष्णा देवी पाण्डे, हिन्दू स्वयं सेवक संघ भेरी विभाग सञ्चालक खडगबहादुर बोहरा र हिन्दू स्वयं सेवक संघ नेपाल बाँकेका बौद्धिक प्रमुख भूपेंद्र अधिकारी लगायतका वक्ताहरुले प्रशिक्षण गर्नु भएको थियो ।

हिन्दु धर्मको जगेर्ना र संरक्षण तथा संस्कृति बचाउ, अभियानमा सबैलाई जागरुक बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कार्यक्रममा सहभागी कृष्णादेवी पाण्डेले जानकारी गराउनुभयो ।

त्यस्तै कार्यक्रमका मुख्य वक्ता कल्याण तिमील्सिनाले लगभग ३० मिनेटको प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा बोल्दै तिमिल्सिनाले हिन्दू राष्ट्र हाम्रो स्वाभिमान र पहिचान भएको र यदी हिन्दू धर्मको संरक्षण र यसलाई पाखा लगाउँदै जाने हो भने एकदिन हामी हिन्दू धर्मावलम्बीहरू लखेटिने र विदेशी पैसामा बेचिएका धर्म हावी हुने बताउनुभयो ।

तिमिल्सिनाले हामी कुनै राजनैतिक भाषा र राजनैतीक आरक्षणद्वारा नभई धर्म र संस्कृतिको जगेर्ना र संरक्षणका निम्ति लागी परेको र यसलाई कोही कसैले पनि फाइदा नउठाउन जोड दिनुभयो ।

त्यस्तै अर्का वक्ता बिकुल दहालले सबैभन्दा पुरानो धर्म र अहिलेसम्म बिश्वमा नेपालको पहिचान गराउने धर्म भनेकै हिन्दू धर्म भएकाेले यसलाई मास्न तिर लागे अन्त्यमा हाम्रो सर्वस्व नै खतरामा रहने बताउनुभयो । राजनीतिको नाममा नेपालको अस्तित्व, पहिचान र स्वाभिमान गुमाउन लागेकोले समयमै सम्पुर्ण हिन्दू धर्मावलम्बीहरू सचेत रहनु पर्ने बताउनु भयो ।

कार्यक्रममा खड्कबहादुर बोहराले सम्पुर्ण हिन्दु धर्मावलम्बीहरू एकजुट हुनुपर्ने र नेपालको स्वाभिमान, पहिचान र राष्ट्रियताको रक्षा गर्नुपर्ने बताउनुभयो । हिन्दु रास्ट्र स्वाभिमान जागरण अभियान अन्तर्गत नेपालगन्जमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

आज सम्पन्न प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि तथा नेपाल प्रहरीका पुर्ब एआईजी एवं हिन्दु स्वयंसेवक संघका राष्ट्रिय उपाध्यक्ष कल्याणकुमार तिमिल्सिनाको विशेष उपस्थिति रहेको थियोे भने कार्यक्रमको सभापतित्व हिन्दु स्वयंसेवक संघ बाँकेका अध्यक्ष खडकबहादुर बोहराले गर्नु भएको थियो ।

हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान अन्तर्गत बाके जिल्लाको हरेक वडा – वडामा रहेको हरेक हिन्दुको घरमा – घरमा गई हिन्दु राष्ट्रको बारेमा जागरण गराउने अभियान सञ्चालन गर्ने हिन्दु स्वयंसेवक संघका प्रचारक बिकुल दाहालले जानकारी गराउनुभयो ।

कार्यक्रममा सहभागीहरू मध्येबाट चुरेटा मुस्लिम सामुदायका युवाहरूले लभजिहादकाे नाममा बाहुनका छाेरीहरूलाई फकाईरहेकाे जानकारी गराउँदै खजुरा गाउँपालिकामा यसकाे लागि ठाेस कदम चाल्नुपर्ने अौंल्याएका थिए । साथै हिन्दु धर्म सँस्कृतिका विषयमा विधालयहरूमा पण्डित शिक्षकहरू मार्फत नैतिक ज्ञान दिनुपर्ने आजकाे आवश्यकता रहेकाे बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *