
हेमन्त राज काफले
मिति २०७८/०८/२५ गते, शनिबार
शान्तितुल्यं तपो नास्ति, न संतोषात्परं सुखम ।
न तेष्णयाः परो व्याधिर्न, च धर्मो दया पराः ।।
‘शान्तिजस्तै कुनै तप छैन, सन्तोषजस्तै कुनै सुख छैन, तृष्णाजस्तो कुनै रोग छैन र दयाभन्दा ठूलो केही धर्म छैन भनेर हाम्रा ग्रन्थमा उल्लेख छ ।
मानिस चेतनसिल प्राणी जगतकै सर्बश्रेस्ठ प्राणी हो। मानिस दिनानु दिन कमजोर हुँदै गएको छ चिन्ता बढाउदै गएको छ आफ्नै कारणले । मानिस अरुको देखासिकि अनि आरिसे घमण्डले चुर्लुम्म फसेको छ अरुले प्रगति गरेको देख्नै सक्तैन स्वभावले नै आरिसे छ उसको । मानिस कहिले सन्तुष्ट हुदैन र सुखि खुसि हुदैन । मानिसका आशा आकाङ्क्षा हरु असीमित भएका छ्न, यसरी असीमित आशाहरुले गर्दा मानिस निकै पिडित छ। सधै मानिस चिन्तित देखिन्छ र हासेर समाजमा हिड्नै सक्दैन । जीवन आफैमा अनुभवको भण्डार हो । संघर्समै बित्छ जीवन अन्त्य सम्म। मानिस सधै जन्जिरले बाधिएको छ पारिवारिक मायामोहले गर्दा। मानिस अरुको प्रगतिमा कहिले नि खुसी हुदैन । डाहा, रिस, घमण्ड , ईर्ष्या ईनि सबै मानिसका गुण जस्तै भएका छ्न। मानिसको दैनिक भागदौडले गर्दा अनि जिबन्त चिन्ताले गर्दा मानसिक रोगी भएको छ। राम्ररी निन्द्रा लाग्दैन कति त सुत्न लाई औसधि खान्छ्न निकै तनाबमा बिताउने गरेका छ्न जीवन।ध्यान बस्नु भनेको कुनै पनि कुरामा एकाग्र हुनु भनेर सोच्छौं हामी । तर, ध्यानको अर्थ त्यस्तो होइन । चलनचल्तीमा मेडिटेशन भनिने ध्यानको अर्थ र महत्त्व निकै गहन छ । जापानीहरुका झेन र चीनको च्यान शब्द नै ध्यानको अपभ्रंस शब्द हो । अंगे्रजीमा ध्यानलाई मेडिटेशन पनि भन्ने गरिन्छ । ध्यानलाई जे जसरी सम्बोधन गरे पनि यसको मुख्य अर्थ भनेकै जागरुकता, जनचेतना, होस, साक्षी भाव तथा दृष्टा भाव हो ।
योगमा विभिन्न अंगहरु हुन्छन् । जसमध्ये आठौ अंग हो, यो जीवन बुझ्न नपाउदै मानिसको अन्त्य भैइहाल्छ। जीवन अलौकिक छ सुन्दर छ मात्र जिबन्त तरिकाले जीवन जिउने कला मानिसले जान्नु पर्छ। जीवन आनंदमय बनाउने भनेकै ध्यान हो ध्यान बिना जीवन भरी अपुरो छ। यदि जिबनको सान्दर्भिकता मानिसले बुझ्न खोज्छ भने उसले ध्यान गर्न जरुरी छ। ध्यान भन्ने बितिक्कै मानिस उमेर बूढो भए पछि ध्यान गर्छु भन्छ राम जप्दै मर्ने हो भन्छ तर जिबनको सार नबुझ्दै अस्ताउछ। जीवन मजाको छ मात्र हामिले आफुलाई म को हु भनेर चिन्न जरुरी छ। यदि मानिसले आफुलाई चिन्न बुद्ध झै जिबनको खोज गर्न सक्यो भने मानिस निकै आनन्दमय जीवन बिताउने छ। ध्यान भन्ने बितिकै मानिस डराउछ निकै अप्ठ्यारो हुन्छ भन्ने चिन्तन गर्छ तर ध्यान भनेको होस हो तपाईं जे कुनै काम गर्दै हुनुहुन्छ होसमा गर्नु होस हरेक क्षेत्रमा तपाईको सफलता मिल्ने छ। मानिस सफल हुने अचुक मन्त्र नै ध्यान हो हरेक ठाउँमा ध्यानको प्रयोग गर्दै गर्नुहोस ।यदि तपाईं अफिसमा हुनुहुन्छ ध्यानदिएर काम गर्नुहोस बिद्यार्थी हुनुहुन्छ ध्यानदिएर पढ्नु होस सफलता चुम्न एक्दमै सहज हुनेछ। हाम्रो वास्तविक जीवन हरिबिजोग छ हामी आफ्नो लागि कोहि बाचे जस्तो देखिदैनौ। जिबनको भागदौड मात्र अरुका लागि अनि आफ्नालागी गोलचक्कर तनाब मात्र तेहि चिन्ता चिता सम्मको सहयात्री बनिरहेको हुन्छ। बुद्धले जब दिक्षा दिनु बुद्धले जब दिक्षा दिनु हुन्थ्यो, सन्यास दिनु हुन्थ्यो, सन्यास दिने वित्तिकै वहाँ उनीहरुलाई एकान्तमा जाउ, स्वयंलाइ जान, स्वयंको कर्मको निर्जला गर, पूर्ववत कर्मको क्षय गर र जव तिमीलाइं लाग्ने छ कि तिमी आफ्नो कर्मबाट मुक्त भयौ, आत्मअनुभूतिको गौरवबाट सारपूर्ण भयौ, अनि समाजमा फर्के आउ।
किनकी समाजमा फर्केर आउनु पर्छ, ज्ञानको धरातलमा पनि फर्कनु पर्छ, समाजको धरातलमा पनि फर्कनु पर्छ, भनेर भन्नु हुथ्यो। किनकी बुद्ध पनि फर्केर आउनु भयो। पतन्जली पनि जंगलमा योग साधना गर्नु भयो, र पछि फर्के र आउनु भयो। महाबिर पनि समाजमा फर्कनु भयो। ओशोले त वास्तविक जीवन बनाउनु छ भने परिवारिवारिक जीवन बिताउदै ध्यानमा जानू पर्छ र परिवार देखि भग्नेले ध्यान गर्नै सक्तैन भन्नू हुन्थ्यो मानिसलाई ओशोले धेरै दिएर जानू भएको छ र उहाँ पनि समाजमा नै आएर मानव जगतलाई ध्यानबिधिको बारेमा जानकारी दिने र गराउने गर्नु भयो। आत्म ज्ञानको प्राप्ति पछि बुद्ध समाजमा फर्केर आउनु भयो। उहाँले योग सुत्रआदि लेख्नु भयो।बुद्ध पहिला स्वयं आत्म अनुभुतिको धरातलमा जानु भयो ज्ञान् प्राप्त गर्ने हरुलाई बुद्ध ले उनीहरुलाई एकान्तमा जाउ, स्वयंलाइ जान, स्वयंको कर्मको निर्जला गर, पूर्ववत कर्मको क्षय गर र जव तिमीलाइं लाग्ने छ कि तिमी आफ्नो कर्मबाट मुक्त भयौ, आत्मअनुभूतिको गौरवबाट सारपूर्ण भयौ, अनि समाजमा फर्के आउ। किनकी समाजमा फर्केर आउनु पर्छ, ज्ञानको धरातलमा पनि फर्कनु पर्छ, समाजको धरातलमा पनि फर्कनु पर्छ, भनेर भन्नु हुथ्यो। किनकी बुद्ध पनि फर्केर आउनु भयो। पतन्जली पनि जंगलमा योग साधना गर्नु भयो, आत्म ज्ञानको प्राप्ति पछि समाजमा फर्केर आउनु भयो। र उहाँले योग सुत्रआदि लेख्नु भयो।
तर पहिला स्वयंलाइ आत्म अनुभुतिको धरातलमा जानु भयो र पछि ज्ञान् बाट्दै हिड्नु भयो। बास्तबमा बुद्धले सिकाएर गएका वाणी हरु अकाट्य छ मानव जिबनका लागि । ध्यान ले मानिसलाई गलत बाटो लाग्न नदिई सरल र सहज जीवन बनाउन मद्दत गर्छ ।
मात्र २४ घन्टा दिनकोमा एक घण्टामात्र आफ्नो लागि दिन सक्यौ भने आफ्नो जिबनको वास्तविक सार हुनेछ। ध्यान गर्ने सजिलो तरिका बुद्धले आफ्नो आएको गएको स्वास लाई बिचार गर्नुहोस भन्नू भएको छ र त्यसैलाई अझ सहज बनाउदै परमगुरु ओशोले निकै सहज तरिकाले थुप्रै ध्यानका बिधिहरु मानव जगतलाई छोडेर जानू भएको छ परम गुरु ओशो को ध्यान बिधिका दुई ओटा डाईनामिक र कुण्डलिनि मात्र दैनिक मानिसले गर्न सक्यो भने । सम्पुर्ण तनाब आफै दुर हुन्छ्न र मन मा चैन मिल्ने छ। जीवन लाई आनन्दमय बनाउन सबै मानिसहरूले ध्यान गर्न एक्दमै जरुरी छ ध्यान बिना जीवन अपुरो हुन्छ।
