Wednesday, April 22सत्यम खबर
Shadow

‘नौवस्त औद्योगिक क्षेत्र बारे एक्सन लिएर काम गर्छु’: अर्थमन्त्री शर्मा

नेपालगन्ज, २४ मंसिर – बाँके नौवस्ता औधोगिक क्षेत्र शिलान्यास कार्यक्रममा उधोग मन्त्री लेखराज भट्टद्वारा शिलान्यास गर्ने क्रममा त्यहाँका स्थानीयको असहमतिमा नै जबर्जस्ती शिलान्यास गरिएको औद्योगिक क्षेत्र अन्यौलमा भएको कुरा सोही स्थानका पीडित अर्थ मन्त्रालयसम्म पुर्याएका छन् ।


त्यस औद्योगिक छेत्र भित्र पर्ने घर जग्गा जमिनमा परापुर्वकालदेखि भोगचलन गर्दै आइरहेका स्थानीय युवा नेता दर्शन बताउँछ्न । सरकारी जग्गा भएता पनि जनताले नै ढाड सेक्ने तरिकाले राज्यलाई कर बुझाउँदै आइरहेका थिए र बिहान साझ हातमुख जोड्ने वर्ष भरि आफ्ना लालाबालालाई खुवाउने र कृषि प्रधान देशमा पशुपन्छीलाई दैनिक घासपात काठ दाउराले जिविका चलाएई रहेको कुरा स्थानीय बताउछन् । स्थानिय बासीहरुले भोगचलन गर्दै आएको जमिनमा एक इन्च पनि औद्योगिक क्षेत्र बन्न दिंदैनौ भनेर स्थानीयले शिलान्यास हुने क्षेत्र अगाडि नै विरोध गर्दा पनि केही टुङ्गो नलागे कै कारण अहिलेसम्म औद्योगिक क्षेत्र अन्योलमा परेको स्थानीय व्यक्ति कृष्ण दर्शन बताउँछन ।
स्थानीयहरुले विरोध गर्दै गर्दा नेपाल प्रहरी, ससस्त्र प्रहरी, परिचालन गरि औद्योगिक क्षेत्र शिलान्यास गरेको सामाजिक अभियान्ता दर्शन बताएका छन् । स्थानीयको माग पूरा नभएसम्म औद्योगिक क्षेत्रको काम अगाडि बद्न नदिने स्थानीयले बताए ।


बस्ती व्यवस्थापन गर्छौ र स्थानीयको माग पूरा गर्छौ भनेर मन्त्री परिषद्बाट लिखित निर्णय नगरेसम्म स्थानीय युवा नेता कृष्ण दर्शन मन्त्रालय मै पुगेर बिरोध गर्ने, यतिले नपुगे सडकमा आगो बाल्ने जस्ता खबरदारी गरेको हुँदा अर्थ मन्त्री जनार्दन शर्मा प्रभाकरले बाँके नौवस्त औद्योगिक क्षेत्र बारे एक्सन लिएर काम गर्छु भनी दर्शनले जानकारी गराउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *