
नेपालगन्ज, २८ कार्तिक – २०७८ साल कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणना २०७८ मा सहभागी हुन भारततर्फ रोजगारीका लागि विभिन्न कार्यमा गएका नेपालीहरु भारी संख्यामा स्वदेश फिर्ता हुन लागेका छन् ।
तथ्यांक विभागले कोही नछुटौ, कोही नदोहोरियौं, बसोबास गरेकै ठाउँबाट आफ्नो विवरण लेखौं, यो कार्य सम्पन्न गर्न गणकहरुलाई देशभर नै खटाएको छ । राष्ट्रिय जनगणनाको प्रचारप्रसार व्यापक रुपमा गरिएकोले सबै आ–आफ्नो विवरण उल्लेख गराउन आ–आफ्नो घर फर्किरहेका छन् ।

यसमा २०६३ सालमा फर्जी रुपले नेपाली नागरिकता प्राप्त गर्न सफल भएकाहरु बढी सक्रिय रहेको देखिन्छन् । ‘जनगणनामा आफ्नो विवरण लेखाउन छुटेमा नागरिकता नै रद्द हुने’ उनीहरुको बुझाई रहेकोले विभिन्न भारतीय क्षेत्र रुपईडिहा, मिहिपुर्वा, चर्दा, गंगापुर लगायतमा बसेकाहरु अब विवरण उल्लेख गराउन बढी संख्यामा आएको देखिन्छन् ।
यसबाट गणकहरुलाई अब विवरण भर्ना अप्ठारो परिरहेको छ । यसअघि प्रारम्भिक चरणको जनगणना हुँदा उनले विवरण उल्लेख गराउन सकेनन् । अब उनीहरु आफू बाहिर गएको भन्दै आफ्नो विवरण भर्ना दबाव दिन शुरु गरेका छन् । त्यस्ताहरुका यहाँ बसेका आफ्न्तहरुले मेरो परिवार सदस्यको व्यक्ति विदेश गएका थिए, भर्खरै यहाँ फर्केका हुन, भन्दै छुटेको विवरण भरिदेऊ, यस्तो दबाव दिन थालेपछि गणकहरुलाई विवरण भर्ना अप्ठेरो परेको छ ।
यस्तो दबाव दिन केही धार्मिक संघ संस्थाहरुले ठूलो संख्यामा आफ्नो धार्मिक कार्यकर्ता परिचालन गरेको छ । धार्मिक हस्तक्षेप बढेको कारण गणकहरु समस्यमा परेको जानकारीमा आएको छ ।
