
मितिः २०७८ कार्तिक २५ गते
सकिल अहमद राई
बाँके जिल्लामा कसौधन वैश्य समुदायको ठूलो बसोबास रहेको छ । यस जिल्लामा करीब–करीब ७ हजारको जनसंख्या यिनीहरुको रहेको छ । नेपालगन्जमा बनेको मन्दिर, देवालय, धर्मशाला, पार्टी पउवा, स्कूल विद्यालयहरुको धेरै जसो निर्माण यसै समुदायबाट भएको हो । विभिन्न सामाजिक सेवा कार्य यो समुदाय दशकौंदेखि अग्रणी रही कार्य गर्दै आएको छ । यस समुदायको मूल नारा हो जय जाति जननी । महार्षि कश्यप गोत्रको यो समुदाय हो । कश्यप ऋषिको तपोस्थली भारतको कश्मीर राज्य हो । यस कारण कसौधन वैश्य समुदाय कश्मीरबाट आएको सम्म भन्ने गरिन्छ । कसौंधन, केशरवाल, केशरवानी समुदायको अगाडि क शब्द जोडिएको छ । यसरी केशर ‘जाफरान’को खेती गर्ने यो समुदाय रहेको अधिकांशहरुको मत रहेको छ । कसौधन वैश्य समुदायको बसोबास बाँके जिल्लामा बढी छ । विभिन्न वार्डहरुमा यो समुदाय छरिएर बसेका छन् ।

यसमा पचासौं वर्ष अघि भारतको विस्कोहर नामको स्थानबाट त्यस्तै भारतको नै नानपाराबाट आएका र बर्दिया जिल्लाको राजापुरबाट आएका कसौधन वैश्य समाजका व्यक्ति छन् । यस जिल्लामा यो समुदायको ठूलो बसोबास रहेपनि राजनीतिक चेतनाको अभावमा यसको विकास हुन सकेको छैन । यो समुदायले अरु समुदाय जस्तो हक अधिकार पाउने मांग कहिले उठाएको छैन । पछौटपनको कारण यो समुदायलाई पिछडा वर्ग ओबिसिमा राखिएको छ । तर आज पनि यो समुदाय सबै भन्दा पछाडि रहेको छ । कसौधन पनि अन्य तमाम वैश्य समुदाय सरह नै छन् तर यहाँ नेपालगन्जमा जनसंख्याको आधारमा यी वैश्य समुदाय आफूलाई सर्वोत्कृष्ठ मान्दै आएका छन् । तर वास्तविक रुपमा भन्ने हो भने कुनै वैश्य समुदाय ठूलो र सानो होईनन । सबै नै बराबरीका हुन बाँके जिल्लामा अन्य कैयन वर्गका वैश्य समुदाय छन् । तर कसौधन वैश्यको बाहुल्यता रहेकोले यो आफूलाई सर्वोत्कृष्ठ मान्दै आएको छ ।
सबै वैश्य बीच रोटी बेटीको सम्बन्ध कायम हुनु पर्छ भन्ने किसिमको मांग उठ्दा यो समुदायको हितमा कार्य गर्ने संस्थाका पदाधिकारी सधैं यस मांगप्रति अनदेखा गर्दै आएकोले सबै वैश्य समुदायको उत्थान हुन सकेको छैन । वैश्य वर्गमा अग्रवाल, केशरवानी, वरनवाल, चुरुवाल, कहीमी, गोलवारा, महेश्वरी, श्रावक, खण्डेलवाल, वीजा वर्गीय, ओसवाल, नागर, वारहसैनी, जैनी, महुर, माथुर, रस्तोगी, शिवहरे, महाजन, मीरतवाल, न्भगेडवाल, पल्लीवाल, बनिया, टोकवाल, गिदौढिया, पदमावती, पोरवाल, श्रीपाल, कोलवारा, जोराडे, मगेरवाल, अटोडे, मोड, लोहनियां, कुमार तनय, पोकरे, नोभे दसौरे, लटौरे, चौसेनी, डीडू, बारासैनी, रोहतगी, गहोई, गुजराती वैश्य, झांकड, भेटवाडे, यज्ञसैनी, कान्यकुब्ज, दोसर, स्वर्णकार, लौसिया, बाथम, राजवंशीय, ओमर, रौनियार, साहु, जायसवाल, चौरसिया, कैलिक, अयोध्यावासी, अवधपुरिया, सुनेमानीम, मोदी, चतुश्रेणी, अग्रहरी, हरिद्वारी, मध्यदेशीय, पिल्ले, चेट्टी, मुदालियर, कमलापुरी, काँदु, गोरखपुरी, दोसर, महाराजन, शौण्डिक, वाषंणे, पुरवार, अखिल भारतीय वैश्य समाज, हैदरावाद (भारत) द्वारा अनुमोदित दक्षिण भारतका सबै वैश्य वर्ग त्यस्तै नेपालमा पहाडी वर्ग जुन कि कश्यप गोत्रका छन् ।

यी सबै नै वैश्य समुदाय भित्र पर्छन् । यसरी ८४ वर्गभन्दा बढी वैश्य समुदायहरु छन् । यिनी वैश्य समुदाय बीच रोटी–बेटीको सम्बन्ध गांसी वैश्य वर्गको विस्तृत समुदाय बनाउनु पर्ने कुरामा विगत दिनदेखि प्रयास हुँदै आएको छ । सर्ब वैश्य समुदाय संस्थाको गठन नेपालको विभिन्न जिल्लामा भएको देखिन्छ । केही वर्ष अघि यसको शाखा यहाँ पनि स्थापित गरिएको थियो । तर कसौंधन वैश्य समाजका केही अगुवाको कारण सबै वैश्य समुदाय वीच एकता हुन सकेको छैन् । वैश्य समुदायबाट विगतमा भारत उत्तर प्रदेशको राजधानी लखनऊमा एकाकार भएको थियो । सबै वैश्य समुदाय एक हौ को अभियान चलाउँदा वैश्य समुदायका व्यक्तित्व दाउ जी गुप्ता लखनऊको महापौर पदमा निर्वाचित भएका थिए । यो एक ऐतिहासिक क्षण थियो । तर यहाँ बाँके जिल्लामा सबै वैश्य समुदायलाई एकत्रित पार्ने प्रयास हुँदा कसौंधन वैश्य समुदायको अगुवाहरुबाट नै विभिन्न बाधा अवरोधहरु खडा गर्ने गरिएकोले यहाँ कसौंधन वैश्य समुदायको जनसंख्या ७ हजारको हाराहारीमा मात्र छ । अगाडि जनसंख्याको बढोत्तरी हुन सकेको छैन् ।
नेपालगन्ज शहरमा कसौंधन वैश्यको अतिरिक्त ओमर, काँदु, केशरवाल, केशरवानी, गुप्ता, पोरवाल, कान्यकुब्ज, अग्रवाल, वरनवाल, महेश्वरी, खण्डेलवाल, जैनी, माथुर, रस्तोगी, महाजन, टोकवान, कोलवार, यज्ञसैनी, दोसर, राजवंशीय, रौनियार, शौण्डिक, पुरवार, कमलापुरी र दोसर वैश्य समुदायहरु देखा पर्छन । यि सबै वैश्य समुदायलाई एकाकर पारियो भने वैश्य समुदायको जनसंख्या २५–३० हजारको हाराहारीमा पुग्छ । तर यो सबै वैश्यलाई किन एकताबद्ध गर्न सकिएको छैन । यो कुरा बुझ्दा पाईन्छ कि कसौंधन वैश्य समुदायको जनसंख्या यहाँ बढी रहेकोले यसको गतिविधी सबैभन्दा बढी छ । यस समुदायका केही व्यक्तिहरु यो सोंच राख्छन् कि सबै वैश्यलाई एकताबद्ध पारियो भने आफ्नो मानप्रतिष्ठा घट्छ अन्य वैश्य समुदायमा पनि धेरै विद्वानहरु छन् । उनीको हस्तक्षेप बढ्छ भने आफ्नो पतन हुन्छ । यस कारण उनी मौका परस्तहरु वैश्य समुदाय बीच एकता चाहदैनन् । त्यस्ताहरु प्रायः सबै संघ संस्थाको पदमा अध्यक्ष बन्न खोज्दै आएका छन् । यस्तो अनैतिक गतिविधिले गर्दा अरु वैश्य समुदायका व्यक्तित्व के कसौधन वैश्य समुदायका अन्य तमामहरुको मानमर्दन हुँदै आएको छ ।
त्यस्ताहरु वैश्य समुदायको अग्रपंक्तिमा आफू बस्ने र अन्य तमाम ठाउँ जुन कि सानो होस् वा ठूलो होस ति सबै पदमा आफै सर्पकुण्डली मार्दै आएकोले वैश्य समुदायले नयाँ विचारको नेतृत्व पाउन सकेको छैन । नयाँ ताजा अनुहार र नयाँ सोचका नेतृत्व यस समुदायले पाउन्थ्यो भने यस समुदायको धेरै समस्याहरु स्वतः समाप्त हुन्थ्यो । वैश्य समुदायमा तमाम समस्याहरु विद्यमान छन् । त्यो समस्या हो वैश्य समुदायको तमाम चल–अचल सम्पत्तिहरु छन् । जुन कि वेवारिसे अवस्थामा छ, मन्दिरहरु तमाम बनेका छन् यस्ता मन्दिरहरुको नाममा तमाम जमीनहरु लागेको छ । यो जमीनको खोज तलास गर्नुपर्ने, कैयन धर्मशाला निर्माण गरी दान गरिएको थियो । सो धर्मशाला समाजको कार्यमा खर्च नभई केहीहरुले नीजि रुपमा रकम उपभोग गर्दै आएको, धर्मशाला निर्माण गर्न पूर्खाहरुले दिएको रकम बैंकमा जम्मा भएको । तर सो रकम वेपत्ते अवस्थामा रहेको र वर्तमान सम्म धर्मशाला पनि निर्माण नभएको पाईन्छ । यस्ता तमाम समस्याहरु छन् जसको उल्लेख गर्न धेरै समय लाग्छ । यस बीच वैश्य समुदायले अन्य केही महत्वपूर्ण कार्यहरु गर्न सक्थ्यो तर अदूरदर्शिता र अनुभवहीनताको कमीका कारण त्यसले यो कार्य पुरा गर्न ध्यानै पु¥याउन सकेको छैन । नेपाल–भारत बीच रोटी–बेटीको सम्बन्ध प्राचीन कालदेखी छ तर बढ्दो दाइजो समस्याको कारण यस समुदायका चेलीबेटीको विवाह भारतमा हुँदा उनी समस्यामा पर्दै आएका छन् ।
नेपालमा महिला उत्पीडन एकदमै कम छ । तर भारतमा महिला उत्पीडन बढी छ । भारतबाट बिहे भएकी भारतीय चेलीबेटी यहाँ सुरक्षित रहने गर्छिन, तर नेपालकी चेलीबेटीको भारततर्फ बिहे हुँदा त्यहाँ यिनीको उत्पीडन धेरै हुने गर्दछ । यस समय त्यहाँ नेपाली चेलीबेटीलाई न्याय मिल्दैन । यस्तो दाइजोको अपराध त्यहाँ मौलाए पछि केही वर्षदेखी भारततर्फ नेपाली चेलीबेटीको बिहे गरिने परम्परामा हस आएको छ । भारतमा छोरी बेटीको बिहे भए अनाहक दुःख मिल्ने डरले नेपालमा बसोबास गर्ने तमाम वैश्य समुदायका व्यक्ति अब स्थानीयमा बिहे गर्न रुचाउन थालेका छन् । यस्तो बिहेको समस्या अंतको लागि वैश्य समुदायले नेपालको विभिन्न जिल्लामा वैश्य समुदायको बसोबास कति छ यो पत्ता लगाई सबै ठाउँमा सक्रिय बनाई डाइरेक्ट्री प्रकाशित गर्ने प्रयास गर्नुपथ्र्यो भने नेपालमा बसोबास गरी रहेका सबै वैश्य समुदाय बीच आपसी सामजस्यता बढाउन नेपाल भित्रै विवाह गर्ने परीपाटी चलाईन्थ्यो भने भारत तर्फ बिहे गर्ने रुझान घटथ्यो । यसरी दाइजोको अतिरिक्त अन्य समस्याबाट केही हदसम्म मुक्ति मिल्थ्यो ।
तर यो कार्य वैश्य समुदायका नेतृत्वतर्फबाट हुन सकेन । यसको कारण छ उनीको भारत प्रेम, त्यस्ताको व्यापार व्यवसाय त्यतैबाट छ, भारतबाट उत्पादन भएको सरसामान नेपालमा ल्याई महंगो मूल्यमा बिक्री गर्ने लोभले गर्दा त्यस्ताहरु अधिकांश रुपमा अयोध्या, लखनऊ, दिल्ली लगायतमा पुगी त्यतातर्फबाट सम्मान पाउन सधैं खोज्दै रहन्छन् ।
त्यस्तो नेतृत्व वर्गको कारण नेपालको जिल्ला कहाँ–कहाँ छ, कुन–कुन जिल्लामा वैश्य समुदायको बसोबास छ ? यो जानकारी छैन । कोहलपुरदेखि अगाडिसम्म उनीको आँखा पुग्न सकेको छैन । यसरी मौकापरस्तहरु यहाँ बढी संख्यामा छन् । वैश्य समुदायको सम्पत्तिबाट धर्मशाला बन्ने तर गरीब वर्गका वैश्य समुदायको विशेष कार्य पर्दा त्यस्तालाई राहत नदिई आहत पार्ने धर्मशालाबाट चर्को असुलीहरु गर्ने यहाँको परिपाटी छ अंतमा धेरै कुरा बाहिर ल्याउने प्रयास गरियो भने पाइन्छ कि नेपालगंज–३ बस्ने प्रख्यात समाजसेवी स्व. कन्धैलाल वैश्य जिनको पुरै जीवन वडा नं. ७ मा रहेको श्रीचन्द्र कठमहल मन्दिरको सेवामा व्यतित भयो । उनीले आफ्नो कठमहल मन्दिर जीर्णाद्वारका लागि करीब २६ लाख रकम एक जना प्रख्यात धर्मभीरु व्यक्तिलाई दिएर जानु भएको थियो । अहिले सो रकम कहाँ छ ? कुन अवस्थामा छ ? कसैलाई पनि जानकारीमा छैन ।
बैंकमा छ भने बचत खातामा छ कि मुद्दती खातामा यस बारे पनि कसैको जानकारीमा छैन । बचत मा राखियो भने दशकौदेखि त्यो रकम बचत खातामा किन राखियो । यस्तो चर्चा परिचर्चा दिनहुँ हुँदै आएको छ तर स्व. वैश्यको सो रकम समाज हितमा लगानी हुन सकेको छैन । केही मौका परस्तहरु सो रकम एक धर्मशालामा र केहीहरु सो रकम अन्य मन्दिरमा खर्च हुनु पर्छ यो कुरा राख्दै आएका छन् । तर जुन कठमहल मन्दिरमा स्व. वैश्यले आफ्नो सम्पूर्ण जीवन सेवामा लगाए । त्यो आज पनि जीर्ण शीर्ण अवस्थामा छ यस्तै कारणले हो कि यो समुदायमा विगतमा पनि पछौटेपन थियो आज पनि छ । यस्ता सोंचका व्यक्ति धेरै दिनसम्म रहन्छन् भने आउँदो समयसम्म पनि पछौटेपन रहने अनुमान छ । यही कारणले होला कसौधन वैश्य समाजको एउटा मूल नारा छ जय जाति जननी, महार्षि कश्यपले यस्ता व्यक्तिको जन्म दिएर कसौधन वैश्य समाजको उपकार नै गरेका छन् ।
