Wednesday, April 22सत्यम खबर
Shadow

इण्डोनेशियाका ३५ हजार भन्दा बढीले वैदिक सनातन धर्म स्वीकार्ने

नेपालगन्ज, २२ कार्तिक – वैदिक सनातन धर्मको प्रभाव १ सय १६ वटा युरोपियन देशमा बढेपछि रुस जस्ता राष्ट्र पनि हिन्दु राष्ट्र घोषणा हुने संघारमा पुगेको छ ।
भर्खरै इस्लाम धर्मको ९८ प्रतिशत वर्चस्व रहेको इण्डोनेशियाका राजकुमारी सुकमावतीले इस्लाम धर्म परित्याग गरेपछि इण्डोनेशियाको जनतामा इस्लाम धर्म परित्याग गर्ने लहर नै चलेको छ ।
वैदिक सनातन धर्म स्वीकारेपछि राजकुमारी सुकमावती शान्तिको वातावरणमा स्वांस लिन बाली द्वीप समूहमा पुगी सकेकी छिन् । यता इण्डोनेशियाका राष्ट्रपति र गृहमन्त्री लगायत देशका ३५ हजार भन्दा बढी जनताले इस्लाम धर्म छाडी वैदिक सनातन धर्म स्वीकार्ने तयारीमा लागेका छन् उनीहरु छिट्टै आयोजना हुने कार्यक्रममा सनातन धर्म स्वीकार्ने छन् । इण्डोनेशिया रामायणमा उद्धृत रहेको महाराज सुग्रीवको देश हो यस कारण त्यहाँ रामायणको विशेष छाप छ ।


असोज महिनाको शुरुआत हुँदै नै त्यहाँका मुस्लिम समुदाय रामायण ग्रन्थको वाचन, रामलीलाला नाटकको मंचन र अवलोकन गर्न शुरु गर्छन् । इण्डोनेशियाको रुपियाँमा भगवान श्री गणेशजीको प्रतिमा अंकित छ ।
यसरी आगामि केही समयपछि इण्डोनेशिया हिन्दु राष्ट्र बन्ने बढी सम्भावना छ । यस्तै अवस्था रुस, अमेरिका, अष्टेलिया, मिश्र, इरान लगायत ११६ भन्दा बढी राष्ट्रमा छ यहाँ पनि वैदिक सनातन धर्मको प्रभाव बढेको छ ।
खुशीको कुरा के छ भने यसमा इस्लामी राष्ट्र साउदी अरब र युएई छन् युएईमा त भव्य मन्दिरको निर्माण कार्य भई रहेको छ यहाँ प्रवचन गोष्ठी दैनिक रुपमा आयोजना हुन शुरु भएको छ ।


साउदी राजकुमार मो. बिन सलमानको राजनीतिक प्रभाव बढेपछि उनले आफ्नो देशमा वैदिक सन्यासी महात्मालाई निर्धक्क आफ्नो यहाँ आउन दिएका छन् ।
साउदी अरबका मुस्लिम विद्यार्थीले अब रामायण महाभारत, बौद्ध ग्रन्थ अध्ययन गर्ने मौका पाएका छन् । यसरी केही दिनमा नै वैदिक सनातन धर्म युरोप र केही इस्लामी राष्ट्रमा आफ्नो प्रभाव बढाउन सफल भएको छ । यस्तो प्रभाव बढाउने कार्य इस्कान पंथले बढी गरेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *