Wednesday, April 22सत्यम खबर
Shadow

सम्पूर्ण विश्वमा हिन्दुत्वको लहरः नेपालमा २०७९ सालमा पुनः हिन्दु राष्ट्र, हिन्दु राजाको पुनस्र्थापना हुने सम्भावना

– रमेश चन्द्र कुमाल
नेपालगन्ज, २२ कार्तिक – सम्पूर्ण विश्वमा अहिले हिन्दुत्वको लहर चली रहेकोले अहिले १ सय १६ वटा युरोपियन देश हिन्दु राष्ट्र बन्ने सम्भावना बढेको छ ।
जनआन्दोलन भाग–२ बाट भएको परिवर्तनबाट नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा गरियो अब विश्वमा परिवर्तन चलेकोले नेपालमा पुनः हिन्दु राष्ट्रको पुनस्र्थापना हुने सम्भावना बढेको अधिकांशहरुको अनुमान रहेको छ ।
केही दिनदेखि नेपाललाई २०७९ सालमा पुनः हिन्दु राष्ट्र बनाउने प्रयास चारैतर्फबाट हुन शुरु भएको छ । यो कार्य प्रम शेरबहादुर देउवाको कार्यकालमा नै हुने अधिकांशहरुको मत रहेको छ । केही दिनअघि भैरहवामा धर्मसभाको आयोजना गरिएको थियो । उक्त धर्म सभामा भाग लिन आएका जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले नेपालमा राजतन्त्र सहितको हिन्दु राष्ट्र पुनःस्थापना हुने संकेत गर्दै उनले भनेका थिए, नेपालको बहुनायकतन्त्रले हित गर्न सक्दैन, एक व्यक्तिको नेतृत्वमा अब बढे देश विकासको मार्गमा अघि बढ्न सक्छ ।


नेपालको उत्थानमा सबैभन्दा ठूलो बाधक बहुनायकतन्त्र हो बहुनायकतन्त्र विकासको रोकावट हो यसलाई छोड्नु जरुरी छ । संवादको माध्यमबाट सनातन धर्मको प्रतिनिधित्व गर्ने एक व्यक्ति (राजा)को नेतृत्वमा जानुपर्छ । नेपाल हिन्दु राष्ट्र थियो हिन्दु राष्ट्र रहनुपर्छ र रहने पनि छ । अब राजनीतिको दृष्टिकोणबाट पहिले जस्तो राजतन्त्र स्थापित हुनेछ । उनले नेपालको अतिरिक्त भारत, बाँग्लादेश, पाकिस्तान, श्रीलंका, म्यान्मार, भुटान र तिब्बतको हिल्सा हुँदै मानसरोवरसम्म हिन्दुत्वको प्रभाव बढाउने कुरामा जोड दिए । पशुपतिनाथ र भगवान जगन्नाथको कृपाले सम्पूर्ण एशिया महादीप हिन्दुदीपको रुपमा स्थापित हुने बताए ।
गोवद्र्धन मठका शंकराचार्यको सो भनाइले गर्दा यतिखेर देशमा हिन्दुवादी शक्तिमा जोश जाँगर र उत्साह बढेको देखिन्छ । अहिले कट्टरपन्थीहरुको कुटील मन्सुबालाई असफल पार्न देशभरी नै जनजागृति अभियान छेडिएको छ । हिन्दु राष्ट्र, हिन्दु राजाको पक्षमा विभिन्न नयाँ राजनीतिक दलहरु दर्ता भई रहेका छन् । जुन नेपाली काँग्रेसले विगतमा गल्ती गरी देशलाई धर्म निरपेक्ष घोषणा गराउने कार्य गरेको थियो त्यही नेपाली काँग्रेसभित्रका प्रभावशाली नेताहरु हिन्दु राष्ट्रको पक्षमा अब खुलेर बोल्न थालेका छन् । नेपाली काँग्रेसको हिन्दुवादी सोचलाई नेपाली जनता सकारात्मक ढंगले लिन थालेकोले त्यसको प्रभाव देशभरी नै बढेको छ ।
यस समय नेपाली काँग्रेस खुलेर हिन्दु राष्टूको समर्थनमा उत्र्यो भने वैशाखमा हुने स्थानीय निर्वाचन र पछि हुने संसदीय निर्वाचनमा त्यो देशको सबै भन्दा ठूलो पार्टीको रुपमा स्थापित भई देशको नेतृत्व आगामि समय त्यसले नै गर्ने सम्भावना बढेको छ ।
यसै कुरालाई मध्येनजर गरी अब स्थानीय निर्वाचन र संसदीय निर्वाचन दुवै एक साथ गराउने योजना पनि रहेको छ । तर देश नयाँ परिवर्तनतर्फ बढे पहिले हिन्दु राष्ट्र, हिन्दु राजालाई पुनःस्थापित गर्ने र त्यसपछि विभिन्न निर्वाचनहरु गराइनेछ । नेपाल धर्म निरपेक्ष घोषणा गरिएपछि सम्पूर्ण विश्वमा यसको मान प्रतिष्ठा घटेको छ । यो मानप्रतिष्ठालाई पुनः बढाउन देशलाई हिन्दु राष्ट्र घोषणा गराउने प्रयास पुनः शुरु गरिएको छ यसको लागि धर्म प्रेमीहरु अब एकताबद्ध हुन थालेका छन् ।


नेपाललाई हिन्दु राष्ट्र घोषणा गराउन उनीहरुले भारत, चीन लगायत देशबाट सम्पर्क बढाउन थालेका छन् । नेपाललाई हिन्दु राष्ट्र घोषणा गराउन भारत सकारात्मक विचार राखेको छ । यसमा पनि भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ यो कार्य पुरा गराउन आफै नै लागी परेका छन् । तर प्रधानमन्त्री नरेन्द्र मोदी भने यसप्रति मौन भई बसेकोले योजनालाई अन्तिम रुप दिन केही ढिलाई भई रहेको छ ।
तर नेपाललाई हिन्दु राष्ट्र बनाउन छिमेकी देश चीन सकारात्मक नीति बनाई सकेकोले यो कार्य आगामी वर्ष पुरा हुने सम्भावना बढी छ । चीन नेपालको कम्युनिष्टहरुलाई एकताबद्ध पार्ने प्रयास केही महिनाअघि गरेको थियो । तर नेपालका विभिन्न कम्युनिष्ट राजनीतिक दल विभिन्न विचारधारामा विभक्त छन् । यस कारण उनीलाई एकताबद्ध पार्न ठूलो कठिनाई रहेको देखी चीन अब नेपालमा हिन्दु राष्ट्र, हिन्दु राजा राख्ने निष्कर्षमा पुगेको अधिकांशहरुको अनुमान रहेको छ । नेपालमा राजनीतिक परिवर्तनहरु मधेश क्षेत्रबाट हुने गरेको छ । तर विभिन्न मधेशी दल हिन्दु राष्ट्र, हिन्दु राजाको पक्षमा खुलेर नबोली तुष्टिकरणको नीति राखेकोले केही असमन्जसको स्थिति विद्यमान छ । यो असमन्जस्यतालाई हटाउन नेपालका हिन्दुवादी शक्तिहरु अब सम्पूर्ण मधेश क्षेत्रलाई हिन्दुत्वको रंगमा रंग्न हिन्दु राष्ट्र र हिन्दु राजाको पक्षमा बोल्ने नयाँ मधेशी राजनीतिक दल दर्ता गराउने प्रयासमा जुटेका छन् ।


यो कार्य पुरा हुँदै नै सम्पूर्ण देशमा हिन्दुत्वको लहर चलाई नयाँ राजनीतिक परिवर्तन चलाउने अभियान छेड्ने समेत अनुमान रहेको छ । नेपाली काँग्रेसका प्रायः सबै शीर्षस्थ नेता हिन्दु राष्ट्रको पक्षमा खडा भई सकेका छन् । तर उनीहरु अहिले हिन्दु राजाको पक्षमा मुख खोल्न तयार छैनन् । तर जसरी नै हिन्दुत्वको लहर चल्नेछ उनी यी दुवै मुद्दामा बोल्ने प्रबल सम्भावनाहरु रहेको छ । यसबीच माओवादी नेता मोहन वैद्य किरण भने खुलेर यस विषयमा बोल्दै राजाको नेतृत्वमा देश चल्नुपर्ने अभिव्यक्ति दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *