Wednesday, April 22सत्यम खबर
Shadow

कारकाे ठक्करबाट एक जनाकाे मृत्यु

नेपालगन्ज, २१ कार्तिक – कोहलपुर नगरपालिका-१४ हवल्दारपुरमा कारको ठक्करबाट एकजना पैदल यात्रुको मृत्यु भएको छ ।

आईतबार राती शिखर प्लाईबोर्ड फैक्ट्री नजिकै कारको ठक्करबाट हवलदारपुर बस्ने ३२ वर्षीय विनोद अधिकारीको घटना स्थलमै मृत्यु भएको जनाईएकाे छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कोहलपुरबाट नेपालगन्जतर्फ आउँदै गरेको परिचय नखुलेको कारले बाटो काटने क्रममा अधिकारीलाई ठक्कर दिएको थियो ।

आईतबार राती करिब ९ बजेतिर तीव्रगतिमा आइरहेको कारले अधिकारीलाई ठक्कर दिएर कार र चालक फरार रहेका कारण कार र चालकको खोजी भइरहेको बाँकेका डिएसपी मधुसूदन न्यौपानेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *