Tuesday, April 21सत्यम खबर
Shadow

पहिलाे पटक राप्ती नदीस्थित स्नान घाटमा महादीपाेत्सव गरिँदै

नेपालगन्ज, १६ कार्तिक – हिन्दुहरूकाे महान पर्व तिहार (दिपावली) काे अवसरमा बाँकेकाे राप्ती नदीस्थित सिधनिया घाटमा बुधबार महादीपाेत्सव गरिँदै छ ।

उज्यालोकाे पर्व भनेर समेत चिनिने तिहारकाे अवसरमा डुडुवा गाउँपालिकाे राप्ती नदीस्थित स्नान घाटमा बुधबार साँझ महादीपाेत्सव गरिन लागिएको छ ।

महादीपाेत्सवका क्रममा पाँच हजार एक सय ११ दिप प्रज्वलन गरिने जनाएको छ । बागेश्वरी संचार सेवा प्रालि र समस्त डुडुवा गाउँपालिकाबासीकाे आयाेजनामा राप्ती नदीमा पहिलाेपटक महादिपाेत्सव हुन लागेकाे हाे ।

सिधनियाघाटस्थित स्नान घाट वरिपरि, त्यहाँ रहेकाे मन्दिर परिसर र पुलमा दीपाेत्सव गरिने बागेश्वरी संचार सेवा प्रबन्धक सन्ताेष गुप्ताले जानकारी दिनुभयाे ।

घाटमा कार्यक्रमकाे तयारी ३ बजेदेखि नै शुरू हुने भएपनि दीपाेत्सव कार्यक्रम ठिक ५ बजेबाट शुरू हुनेछ ।

डुडुवा गाउँपालिका अर्थात बाँकेकाे क्षेत्र नं २ मा नै पहिलाे पटक यस्ताे खालकाे कार्यक्रम गरिन लागिएकाे छ । कार्यक्रममा धेरैभन्दा धेरै व्यक्तिहरूकाे उपस्थिति भई कार्यक्रमलाई सफल बनाउन अनुराेध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *