Saturday, April 18सत्यम खबर
Shadow

भोलिदेखि सुखद सत्सङ्ग कार्यक्रम शुरु

सकिल अहमद राई
जानकी, १३ कार्तिक – सुखद सत्सङ्ग कार्यक्रम आयोजना हुने एवं भव्य रुपले मनाउने तयारी गरिएको छ ।

स्थानीय जानकी गाउँपालिका वडा नम्बर ५ गुरूवागाउँमा हुन गइरहेको सत्संग कार्यक्रम कार्तिक १४ गते आईतबारदेखि १६ गते मंगलबारसम्म सुखद सत्संग कार्यक्रमको आयोजना हुने कार्यक्रमका संयोजक जगतराम कुर्मीले बताउनुभयो ।

सत्संग कार्यक्रम साँझ ६ बजेदेखि ९ बजेसम्म हुने सत्संग प्रचार प्रसार समितिका सदस्य मनमोहन वर्माले बताउनु भयाे । पारिवारिक तथा सामाजिक सौहार्द आत्मिक शान्ति एवं अध्यात्मिक ज्ञानको माध्यमबाट समाज विकास गर्ने उद्देश्यले आयोजना हुन लागेको सुखद सत्संग कार्यक्रममा सहभागी भई सत्सङ्गको लाभ उठाउनु समिति सदस्य बिमलकुमार बर्माले सबैमा अनुराेध गरेका छन् ।

कार्य समितिका पदाधिकारीहरुले यस आयोजनालाई भब्य र सभ्य” तरिकाले आयोजना गर्नुहोस, कामना छ। हामी सबै नगरवासीहरुको हुन सक्ने सबै सहयोग हुने छ तर टालटुल पार्ने काम कदापि नहोस् । बरु सबै मिलेर सहकार्य गरेर, भक्तजनहरुलाई आहवान गरेर यो पावन आयोजन सु-सम्पन्न गरौँ भन्ने भनाई समितिका संयाेजक बर्माले राख्नुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *