Monday, April 20सत्यम खबर
Shadow

मदरसा शिक्षालाई मूल प्रवाहिकरणमा ल्याउन विस्तृत छलफल

कृष्णनगर, ६ कार्तिक – कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीको निवास कृष्णनगरमा मदरसा शिक्षालाई शिक्षाको मूल धारमा कसरी ल्याउन सकिन्छ र मदरसाको विकासका बारेमा विस्तृत छलफल सम्पन्न भएको छ l

नेपालमा मदरसा शिक्षाको अवस्था, मदरसा शिक्षाको विकास, मदरसा शिक्षालाई राज्यको मूल धारमा समायोजन कसरी गर्न सकिन्छ, मदरसा शिक्षाको व्यवस्थापन लगायत मदरसा शिक्षाको सरोकार वाला तथा सरकारलाई मदरसा शिक्षाप्रति ध्यानाकर्षण गराउने जस्ता बिषयमा छलफल गरिएको थियो ।

नव नियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलबाट मुस्लिम समुदायले मदरसा शिक्षालाई मूल प्रवाहिकरणमा ल्याउन तथा मदरसामा अध्यापन गराउँदै आएका मौलानाहरूलाई शिक्षक दरबन्दी कायम गरि सामुदायिक विद्यालयको शिक्षक सरह सेवा सुविधा दिनु हुनेछ भन्ने आस राखेको लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले बताउनु भयो l

उक्त छलफलमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, प्राध्यापक तथा शिक्षाविद डा. विद्यानाथ कोईराला, प्राध्यापक डा. अब्दुल कय्यूम, पूर्व जिल्ला शिक्षा अधिकारी अब्दुल रउफ खां, पूर्व विद्यालय निरिक्षक नुरूलहक मिकरानी, पूर्व जन स्वास्थ्य अधिकृत ताहिर हुसेन मिकरानी, राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, उपाध्यक्ष शैख जैस मक्की, सदस्य डा. मोहम्मद मजहर खां, असरफ खां लगायतको उक्त छलफलमा सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *