Monday, April 20सत्यम खबर
Shadow

बंगलादेशमा हिन्दूमाथि दमन कार्यको म कडा शब्दमा विरोध गर्छुः पूर्वमन्त्री गजेन्द्रबहादुर हमाल

नेपालगन्ज, ५ कार्तिक – हिन्दूहरुको महान पर्व विजयादशमी नवरात्री पर्वको समयमा नै बंगलादेशमा हिन्दू अल्पसंख्यक समुदायमाथि दमन भएको छ । यस घटनाकोमा कडा शब्दमा विरोध र निन्दा गर्छु उक्त भनाई पूर्वमन्त्री गजेन्द्रबहादुर हमालले राख्नु भएको छ ।


शुक्रबार यस पत्रिकासँग कुराकानी गर्दै पूर्वमन्त्री उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले विचार राख्दै भन्नुभयो– ‘म सधैं धर्मको सम्मान गर्ने व्यक्ति हुँ, मेरो पहलमा नै सल्यानीबाग स्थित मुस्लिम कब्रिस्तानमा करीब ४०–५० वटा पसल सञ्चालनमा आएको थियो । यसको अध्यक्ष मो. याकुब अन्सारीलाई बनाएर, त्यहाँबाट करीब १०–१२ लाख जति रकम उठन शुरु भयो । यसरी म सबै धर्मावलम्बीलाई बराबरी मान्ने व्यक्ति हुँ । म हिन्दू, मुस्लिम, शिख, बौद्ध, क्रिस्चियनसँग विभेद राख्दैन । सबै धर्म बराबर हुन तर सबै धर्मावलम्बीहरु आ–आफ्नो धर्मप्रति गर्व गर्नु पर्छ म पनि हिन्दू धर्मावलम्बी भएको म पर्व गर्छु । अहिले जसरी बंगलादेशमा हिन्दू मन्दिर जलाईएको छ । जसरी हिन्दूको हत्या गरिएको छ । यसको सम्पूर्ण विश्वमा विरोध हुनु पर्छ । बंगलादेशमा मानवतालाई कलंकित पारिएको छ । यसको म कडा शब्दमा विरोध र निन्दा गर्छु’ भन्नुभयो ।

यो पनि हेरौंः पूर्वमन्त्री गजेन्द्रबहादुर हमालको अन्तर्वार्ता

यो पनि हेरौंः पूर्वमन्त्री गजेन्द्रबहादुर हमालको अन्तर्वार्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *