Monday, April 27सत्यम खबर
Shadow

नेपालगन्जबाट न्याय माग्दै काडमाण्डौ पुगेका महिलाहरुद्वारा माईतीघरमा धर्ना

नेपालगन्ज, २२ असोज – बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी मृत्यु प्रकरणमा चित्त बुझ्दो अनुसन्धान नभएको र परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा पनि सरकारले खोजी निती नभएको भन्दै न्याय माग्न नेपालगन्जबाट पैदल हिँडेर काठमाण्डौ पुगेकाहरुले आज माईतीघरमा धर्ना दिएका छन् ।


उनीहरुले बोकेको ब्यानरमा ‘महिला हत्या गर्ने होसियार, मौन बस्ने सरकार खबरदार’, नन्कुन्नी धोबीलाई न्याय दे, ‘निर्मला कुर्मीलाई न्याय दे’, हत्यारालाई कारबाही गर, महिला हिंसा बन्द गर लगायतका नारा लेखिएका थिए । बाँकेबाट पैदल हिँडेर काठमाण्डौ पुगेकाहरुको खुट्टामा ठूला ठूला फोका देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *