खाली जग्गामा वृक्षारोपण गर्ने तथा घर–घर र व्यक्ति–व्यक्तिबाटै वृक्षारोपणको अभियान सञ्चालन गर्न जोड
कपिलवस्तु, १२ असोज – सोमबार गाउँपालिकाको सभाहल खडैचामा साझेदारी बनको साधारण सभा भव्य रुपमा भएको हो । सभामा बन संरक्षण, वृक्षारोपण, बन पैदावार तथा जलवायु परिवर्तनका कारण देखिएका चुनौतीबारे सरोकारवालाले चर्चा गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री जानकी प्रसाद यादवले साझेदारी तथा सामुदायिक बनले बिरुवा वितरण गर्दै आएकाले बन संरक्षणमा महत्वपूर्ण टेवा पुगेको बताए । उनले बन संरक्षणका लागि सबै पक्षको सहयोग र सहभागिता आवश्यक रहेको उल्लेख गर्दै संघ र प्रदेश सरकारबाीच कानुन बाझिएको हुँदा काम गर्न कठिनाई भएको बताए ।
यस्तै विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले स्थानीय समुदायसँग समन्वय गर्दै बन संरक्षणका गतिविधि अघि बढाइरहेको बताए । उनले बन संरक्षण, बन पैदावारको व्यवस्थापन तथा वृक्षारोपणलाई मुख्य जिम्मेवारीका रूपमा अघि बढाउनुपर्नेमा जोड द...









