जनकपुरधाममा मोबाइलको विवाद ले पत्नीको हत्या, श्रीमानसहित ४ जना पक्राउ
जनकपुरधाम माघ २० । धनुषामा मोवाइलको विषयमा विवाद हुँदा एक महिलाको हत्या भएको छ । धनुषाको औरही गाउँपालिका-२ की २२ वर्षीया चिन्तामणि पासवानको उनकै परिवारका सदस्यले हत्या गरेको प्रहरीले जनाएको छ । चिन्तामणि र उनकी नन्द पुनिता पासवानबीच मोवाइलको विषयमा विवाद हुँदा झगडा भएको थियो । सोही विषयमा श्रीमान अनिलकुमार, नन्द पुनिता, सासू-ससुरा मिलेर उनको हत्या गरेको प्रहरी ले जनाएको हो । चिन्तामणिको घाँटी थिचेर हत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घाँटी थिचेर हत्या गरी अपराध लुकाउन मृतक झुण्डिएको हो भन्दै उनीहरुले हल्ला फैलाएर अटोरिक्सामा राखी प्रादेशिक अस्पताल पुर्याएको पाइएको डीएसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो । उपचार गराउन आउँदा घटना शंकास्पद देखिएपछि उनका परिवारका सदस्यहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मृतक चिन्तामणिका श्रीम...









