Tuesday, October 22सत्यम खबर
Shadow

समाचार

ट्रक र माइक्रोबस ठोक्किदा ६ जनाको मृत्यु, १७ घाइते

ट्रक र माइक्रोबस ठोक्किदा ६ जनाको मृत्यु, १७ घाइते

प्रदेश ५, समाचार, समाज
बाँके,२० असोज । पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकेको राप्ती सोनारी गाउँपालिकामा ट्रक र माइक्रो बस ठोक्किँदा माइक्रो बसका चालकसहित ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् । दाङबाट नेपालगन्ज आउँदै गरेको रा १ ख १६६२ नम्बरको हाइस माइक्रो बस र नेपालगन्जबाट विपरित दिशाबाट जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक आज बिहान करिब सवा ९ बजेतिर राप्तीसोनारी गाउँपालिका ९ मुगुवा खोला नजिक ठोक्किएका थिए । घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ भने मृतकहरुको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक रमेशबहादुर सिंहले जानकारी दिएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।...
प्रहरीमा रोजगारीका लागि दरखास्त आह्वान, सात हजारले जागिर पाउने

प्रहरीमा रोजगारीका लागि दरखास्त आह्वान, सात हजारले जागिर पाउने

यता पनि, समाचार
काठमाडौं । नेपाल प्रहरीले सात हजार २५६ रिक्त पदमा भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनौट महाशाखाले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, कार्यालय सहयोगी लगायतका पदमा गत सोमबार नै भर्ना आह्वान गरेको हो । जनपथतर्फ प्रहरी निरीक्षकमा १०८ जना र प्रहरी सहायक निरीक्षकतर्फ ५२४ जना माग गरिएको छ । प्रहरी जवान पदमा ६ हजार २४४ जनाका लागि आवेदन आह्वान गरिएको छ । प्रहरीले खेलाडीतर्फ फुटबल, भलिबल, क्रिकेट, तेक्वान्दो, भारोत्तोलन, कँराते, जुडो, एथ्लेटिक्स, बक्सिङ, ब्याडमिन्टन र महिला कबड्डी विधामा मात्र दरखास्त दिन पाइनेछ । यो विधामा ३० जनाको दरबन्दी आह्वान गरिएको छ । भर्ना हुन चाहनेले असोज १८ देखि २९ गतेसम्म फारम बझाउन सक्ने छन् । प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरी तथा सात वटै प्रदेश प्रहरी क...
क्षेत्रिय कार्यालयहरु लाई जिल्लामै भवन उपलब्ध गराउने निर्णय

क्षेत्रिय कार्यालयहरु लाई जिल्लामै भवन उपलब्ध गराउने निर्णय

प्रदेश ५, समाचार, समाज
बाँके,१७ असोज । जिल्ला समन्वय समिति बाँकेको समन्वय अधिकारीको अध्यक्षता मा रहेका कार्यालय प्रमुख हरुको समितिले बाँकेबाट क्षेत्रिय सरकारी कार्यालय जिल्लामै यथावत रहने गरि बिभिन्न निर्णयहरु गरी सम्बन्धित मन्त्रालयमा पठाएको छ । केही दिन देखि बाँके बाट क्षेत्रियसरकारी कार्यालय सार्ने चलखेल भईरहेकोमा सो कुरालाई नियन्त्रण गर्न मँगलवार जिल्ला समन्वय समिति बाँकेमा बैठक बसेर त्यस्तो निर्णय भएको हो । प्रदेश सभा साँसद बिजय बहादुर यादवको आतिथ्यमा भएको बैठकमा नेपालगञ्ज बाट सार्न लागिएको ५ वटा कार्यालयको लागि नेपालगञ्जमै भवन उपलब्ध गराउने निर्णय भएको समितिले जनाएको छ । मँगलवार भएको निर्णय अनुसार भेरी यातायात ब्यवस्था कार्यालय लाई जिल्ला शिक्षा कार्यालयको नया भवनमा, निर्वाचन कार्यालय लाई महिला बालबालिका कार्यालयमा तथा तथ्याँक कार्यालय लाई सहकारी डिबिजन तथा प्रशिक्षण कार्यालयमा स्थान्तरण गर्न सम्बन्धित म...
बलात्कार र हत्याका घटनाप्रति महिला फोरमको चासो

बलात्कार र हत्याका घटनाप्रति महिला फोरमको चासो

प्रदेश ५, राजनीति, समाचार
बाँके,१४ असोज । देशमा बढ्दो बलात्कार र हत्या हिंसा नियन्त्रणका लागि दवाव दिन संघीय समाजवादी महिला फोरम बाँकेले आईतवार बाँके प्रशासन मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । बलात्कार र हत्या हिंसा नियन्त्रणमा सरकार उदासिन भएको भन्दै संघीय समाजवादी फोरमको भगिनी संगठन संघीय समाजवादी महिला फोरम बाँकेले चिन्ता र चासो व्यक्त गरेको हो । महिला फोरमले बलात्कार र हत्या हिंसाका घटनामा बढोत्तरी हुँदा कसैले पनि आफूलाई सुरक्षित महसुस गर्न नसकेको ठहर गर्दै ज्ञापनपत्र बुझाएको हो । महिला फोरमले बलात्कार र हत्या हिंसाका सन्दर्भमा बाँकेका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराएको जनाएकोछ । महिला फोरमकी अध्यक्ष उषा गौतम नेतृत्वको टोलीले आईतबार प्रमुख जिल्ला अधिकारी मदन भुजेलमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको संघीय समाजवादी फोरम बाँकेका अध्यक्ष कमरुददीन राईले बताए । ज्ञापनपत्र बुझाउन...
हेमकार परिवार हत्याकाण्डमा १३ बर्षपछि आरोपी पक्राउ

हेमकार परिवार हत्याकाण्डमा १३ बर्षपछि आरोपी पक्राउ

प्रदेश ५, समाचार
बाँके,१४ असोज । बाँकेको नेपालगञ्जका सुन व्यवसायी हेमकार परिवार हत्याकाण्डका आरोपीलाई १३ बर्षपछि प्रहरीले पक्राउ गरेको छ । २०६२ साल फागुन २३ गते नेपालगञ्ज ११ सदरलाइन स्थित न्यू दिप ज्वेलर्सका सञ्चालक दिपक हेमकारसहित हेमकार परिवारका ४ जना र पसलमा काम गर्ने अर्का एक व्यक्ति गरी ५ जनाको सुतेको अवस्थामा धारिलो हतियार प्रहरी गरी हत्या भएको थियो । सो हत्यामा संलग्न भएको आरोपमा बाँके प्रहरीले भारत उत्तर प्रदेश सीतापुर जिल्ला विसवां बजारका ६५ बर्षीय किशोरीलाल सोनीलाई शनिवार राती ८ बजेतिर भारतीय सीमावर्ती क्षेत्र जमुनहा नाकाबाट पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिए । आईतवार पत्रकार सम्मेलन मार्फत् आरोपी सोनीलाई सार्वजनिक गर्दै प्रहरी प्रमुख पौडेलले जमुनहा नाका भएर नेपालगञ्ज प्रवेश गर्ने क्रममा उनलाई पक्राउ गरेको जानकारी दिए । १३ बर्ष अघि ८२ बर्षिया गुलाव देव...
अन्नुको हत्या घटनालाई पचाउन खोजिएको माइतीको दावी

अन्नुको हत्या घटनालाई पचाउन खोजिएको माइतीको दावी

प्रदेश ५, राजनीति, समाचार
बाँके,१४ असोज । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २, बाबागाउँकी २६ वर्षीया अन्नु वर्माको हत्यालाई तोडमरोड गरि कमजोर बनाउन खोजिएको दावी गरिएको छ । गत भदौ १४ गते राति घर नजीकै अन्नुको हत्या भएको माइती पक्षको दावी छ । अन्नुको हत्या अभियोगमा सासु धनदेई कुर्मी, देवर वीरेन्द्रकुमार वर्मा र स्थानीय हरिहर प्रसाद तेली हिरासतमै रहेका बेला अन्नुकी भाउजु विन्दुकमारी वर्माले पोष्टमार्टम रिपोर्ट मार्फत अभियुक्तलाई उन्मुक्ति दिने प्रपञ्च गरिएको दावी गरिन । बाँके जिल्ला अदालतमा मुद्धा दर्ता भई विचाराधिन रहेको छ । भदौ १५ गते एकाबिहानै अन्नुका पाँच वर्षीय छोराले मावलीमा फोन गरेर आमा म¥यो भनेपछि मात्रै घटनाबारे माइती पक्षलाई जानकारी भएको थियो । अन्नुको शव घरभन्दा बाहिर नालीमा टाउकोमा चोट लागिएको अवस्थामा भेटिएको थियो । पोष्टमार्टममा डा. आकाश वेल्वासले टाउकोमा चोट लागेको र पानीले डुवेर मरेको उल्लेख गरेको...
पैदलयात्रुको लागि आवागमन व्यवस्थित बनाउदै उपमहानगरपालिका

पैदलयात्रुको लागि आवागमन व्यवस्थित बनाउदै उपमहानगरपालिका

प्रदेश ५, समाचार
नेपालगञ्ज, १३ असोज । नेपालगञ्जमा पैदलयात्रुको आवागमन व्यवस्थित बनाउने काम शुरु भएकोछ। नेपालगञ्ज उप महानगरपालिकाले सडक क्षेत्रमा सडक अतिक्रमण हटाउन सुरु गरेको जनाएको छ । पैदलयात्रुको आवागमनमा अवरोध हुने गरि सडक पेटी तथा फुटपाथ कव्जाको प्रयास भएपछि उपमहानगरपालिकाले फुटपाथबाट अतिक्रमण हटाउने अभियान शुरु गरेको हो । ढल तथा नालामाथिको फुटपाथमा ठेला राख्ने, पसलेले सामान,बोर्ड,मोटरसाइकल राख्ने गर्नाले आवागमनमा कठिनाई हुनुका साथै कुरुपता बढदै गएपछि शुक्रबार कार्यवाहक नगर प्रमुख उमा थापा मगर नेतृत्वको टोलीले सुर्खेतरोडबाट सडक अतिक्रमण हटाउन सुरु गरेको हो । प्रहरी दस्तासहित जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक अरुण पौडेल, वडा नम्बर ४ का अध्यक्ष मो.सफीक वेहना,२ नम्बर वडा अध्यक्ष सुनिलसिंह हमाल, उपमहानगरपालिकाका निरीक्षण शाखाका प्रमुख पवन कनोजीया, नगर प्रहरी सहितको टोलीले नेपालगञ्ज मेडिकल ...
कोहलपुर नगर विकास समितिका अध्यक्षलाई कारवाही गरिने — मन्त्री राई

कोहलपुर नगर विकास समितिका अध्यक्षलाई कारवाही गरिने — मन्त्री राई

प्रदेश ५, राजनीति, समाचार
बाँके,१३ असोज । सहरी विकास मन्त्री राईले मनोमानी तरीकाले आफनो मनपरी गर्न खोज्ने कोहलपुर नगर विकास समितिका अध्यक्ष अबराज खडकालाई कारवाही गरिने बताएका छन । सबैलाई पायक पर्ने स्थानमा रहेको भेरी यातायात व्यवस्था कार्यालयलाई कोहलपुर सार्ने चलखेल गरेको भन्दै खडकालाई कारवाहीको दायरामा ल्याउने मन्त्री राईले बताएका हुन । जिल्लाको ग्रामीण क्षेत्रलाई समेत समेटिने गरि यातायात ब्यवस्था कार्यालय को लागि नेपालगञ्जनै उपयुक्त रहेकोले त्यस लाई अन्त्य सार्ने कुरा आफुलाई मान्य नहुने मन्त्री राईको भनाई रहेको छ । बाँकेको नेपालगञ्ज स्थित भेरी यातायात व्यवस्था कार्यालयलाई कोहलपुरमा सार्न चलखेल गरेको भन्दै कोहलपुर नगर विकास समितिका अध्यक्ष अबराज खडकालाई सहरी विकास मन्त्रालयले स्पष्टीकरण समेत सोधेको छ । सहरी विकास मन्त्री राईको निर्देशनमा सहरी विकास मन्त्रालयकी सीडीई रमिता श्रेष्ठले यातायात कार्यालय सार्ने विषयम...
अमेरिकी ग्यास स्टेशन, जहाँ १४ नेपालीको ज्यान गयो

अमेरिकी ग्यास स्टेशन, जहाँ १४ नेपालीको ज्यान गयो

आर्थिक, समाचार
२२ भदौ, अमेरिका । अमेरिकामा आएर नेपालीहरूले सुरूवात गर्ने र तरक्की गर्ने एउटा क्षेत्र ग्यास स्टेसनको रोजगारी हो । तर, त्यही ग्यास स्टेशनमा नेपालीहरु मारिने क्रम चर्को छ । अमेरिकी ग्यास स्टेसनमा नेपालीका लागि अवसरको मैदान मात्र छैन, चुनौतिको पहाड पनि तेर्सिएको छ । खासगरी, सुरक्षाको प्रश्न अहम छ । यसै क्रममा एक अध्ययनका अनुसार सन् २००४ देखि २०१८ अर्थात् १४ बर्षमा कम्तीमा १४ नेपालीले ग्यास स्टेशन वा कन्भिनेन्स स्टोरमा काम गरिरहेका बेला ज्यान गुमाएका छन् ।...
समावेशी इन्द्रजात्राः यसरी पिए महिलाले ‘जाँड’

समावेशी इन्द्रजात्राः यसरी पिए महिलाले ‘जाँड’

कला/साहित्य, प्रदेश १, समाचार
काठमाडौं । राजधानीका नेवार समुदाय इन्द्रजात्रामा रमेका छन् । बसन्तपुरमा लिंगो ठड्याएपछि सुरु भएको इन्द्रजात्रामा बुधबार विशेष दिन रहृयो । माथिल्लो टोल (ठहने) मा रथ तानेको भोलिपल्ट अर्थात आज बुधबार मलिाहरुले भैरवको मुखबाट पठाइने प्रसाद अर्थात जाँड पिएका हुन्न् । भैरवको पछाडि ‘तेप’ भन्ने ध्याम्पोमा राखिएको जाँड पाइपबाट मुखमा ल्याइएको हुन्छ । यो पिउन  महिलाहरुका लागि आज छुट्याइएको दिन हो । केही वर्ष पहिलेसम्म यो परम्परा थिएन । तर, ‘श्री श्वेत भैरव हाथा हायकेगु व्यवस्थापन समिति’ले ७ वर्ष पहिले पुरुष र महिलालाई समावेशी बनाउँदै यो परम्परा सुरु गर्‍यो । अहिले यो जात्राकै विशेष आकर्षण नै बनेको छ ।...