
किसानहरुलाई तत्काल मल उपलब्ध गराउने नेकपा बाँकेको माग
नेपालगन्ज, ८ श्रावण– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेले पार्टी एकता बिरोधी टिप्पणी नगर्न अपिल गरेको छ । नेकपा बाँकेको बिहिवार सम्पन्न बैठकले पार्टी एकतालाई दृढतापूर्वक आत्मसाथ गर्दै एकअर्का बिरुद्ध अनावश्यक टिका–टिप्पणी नगर्ने संकल्प लिएको नेकपा बाँकेका प्रचार विभाग प्रमुख प्रमोद धितालले जानकारी दिए । नेकपा बाँकेका अध्यक्ष आईपी खरेलको अध्यक्षता र केन्द्रीय सदस्य महेश्वर गहतराज अथक, मोहमद हारुन तथा प्रदेश कमिटि सदस्यको उपस्थितीमा बसेको कार्यालयको बैठकले अन्य विभिन्न निर्णयहरु समेत गरेको छ । बैठकले बिगतदेखि सरकारले दिंदै आएको एकल महिला, निलो कार्ड प्राप्त फरक शारीरिक क्षमता भएका व्यक्तिहरुलाई भत्ता निरन्तर रुपमा दिन जोडदार माग गरेको छ । त्यस्तै किसानहरुले मल नपाउँदा छटपटाइरहेको भन्दै तत्काल मल उपलब्ध गराउन माग गरिएको छ । बिहिवार नै नेकपा केन्द्रीय सदस्य महेश्वर गहतराज अथकले हालै प्रकाशि...