Thursday, January 29सत्यम खबर
Shadow

शिक्षा/स्वास्थ्य

स्वास्थ्य संस्थामा सरुवाले सास्ती, दरबन्दी एउटा हाजिर हुने ३ जना  !

स्वास्थ्य संस्थामा सरुवाले सास्ती, दरबन्दी एउटा हाजिर हुने ३ जना !

प्रदेश ५, शिक्षा/स्वास्थ्य
बाँके,१७ असोज । एकै पटक धेरैजना सरुवा भएर एउटै दरबन्दीमा आएपछि बाँकेका स्वास्थ्य केन्द्रहरुमा समस्या देखिएको छ । सरुवा भएर जो पहिले पुग्छ, उसैले हाजिर गर्छ, ढिला पुग्ने स्वास्थ्यकर्मी हाजिर गर्न पाउँदैनन् । वनकटवा प्राथमिक स्वास्थ्य केन्द्रमा अनमी दरबन्दी रिक्त नहुँदै सरुवा भएर तीन जना आइपुगे, हाजिर गर्न पाएनन् । बाँकेकै रझेनामा एक जनाको दरबन्दीमा तीन जना आए, पहिले नै पुगेका देवेन्द्र केसीले हाजिरी गरे, पछि पुगेका गणेशबहादुर शाही र नन्दा गिरी हाजिरी हुन पाईनन् । एक जनाको दरबन्दी खाली रहेको पुरैनामा पनि तीन जना सरुवा भएर आएपछि सुरुमा आइपुगेकी लक्ष्मी थापा हाजिर भइन् । बसुदेवपुर, कचनापुर लगायतका धेरै स्वास्थ्य केन्द्रमा पनि यस्तै भयो । सरुवा भएर जो पहिले पुग्यो, उ हाजिर भयो, ढिला गरी पुग्ने अन्तै लागे । सबै ठाउँमा जो पहिला आइपुगे, उसले हाजिर हुने मौका पायो । ‘पायक’ पर्ने ठाउँ भन्दै भनसुन ...
स्वास्थ्य सेवा प्रवाहको संयुक्त अनुगमन

स्वास्थ्य सेवा प्रवाहको संयुक्त अनुगमन

प्रदेश ५, शिक्षा/स्वास्थ्य
बाँके १३ असोज । बाँकेको जानकी गाउँपालिका अन्र्तगत इन्द्रपुर र बेलभार स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवा सुविधाका बारेमा श्क्रवार संयुक्त अनुगमन गरिएको छ । सो क्रममा स्वास्थ्य चौकीले प्रवाह गर्ने विभिन्न स्वास्थ्य सेवाहरुको गुणस्तरियता तथा प्रभावकारिताका बारेमा अनुगमन टोलीले जानकारी लिएको थियो । गाउँपालिकामा संचालित मातृ नवजात शिशु तथा बालस्वास्थ्य परियोजना अन्र्तगत गरिएको अनुगमनमा जानकी गाउँपालिका भरिमा ९ प्रतिशत महिलाहरु घरमा बच्चा जन्माउने गरेको बताइएको थियो । स्वास्थ्य सचेतनाको अभावमा महिलाहरु स्वास्थ्य संस्थामा नजानु, समयमा गर्भवती जाँच नगराउने, महिलाहरुले पोषणयुक्त खाना नखानले आमा र बच्चाको मृत्यु हुने गरेको छ । गत आर्थिक वर्ष २०७४। ०७५ मा गाउँपालिकाको गनापुरमा १३७, साईगाउमा ११७ र बेलभार स्वास्थ्य चौकीमा ८० जना महिलाले सुरक्षित बच्चा जन्माएको गाउँपालिकाका स्वास्थ्य संयोजक गिरबहादुर...