Tuesday, October 22सत्यम खबर
Shadow

शिक्षा/स्वास्थ्य

पुरैनाको सुत्केरीगृह सञ्चालनको पहल शुरु

पुरैनाको सुत्केरीगृह सञ्चालनको पहल शुरु

प्रदेश ५, शिक्षा/स्वास्थ्य
`pबाँके, ७ चैत्र । नेपालगञ्ज सँगै मिलेर रहेको पुरैनाकी महिलाहरु सुत्केरी हुँने बेला नेपालगञ्जको भेरी अस्पताल तथा नेपालगञ्ज मेडिकल कलेज धाउनुपर्ने अवस्थाको अन्त हुने भएको छ । नेपालगञ्ज उपमहा नगरपालिकाको वडा नम्बर २१ पुरैना अन्र्तगत रहेको सो सुत्केरी गुहको बाटोको लागि जग्गा नपाँउदा बाटो निर्माण हुन सकिरहेको थिएन । नवनिर्मित पुरैनाको सुत्केरी गृह सम्म जाने बाटो नभएकोले निर्माण भएको बर्ष दिन बितिसक्दा पनि सञ्चालनमा नआउँदा त्यहाका महिला सुत्केरी हुने बेला नेपालगञ्ज ल्याउने पर्ने बाध्ता रहेको थियो । वडा कार्यालय तथा पुरैना स्वास्थ्य चौकीको निरन्तर प्रयासमा बाटोमा रहेको जग्गाधनी हरु जग्गा उपलब्ध गराई सकेर बाटो बन्ने प्रक्रियामा रहेको वडाध्यक्ष रञ्जित खानले बताएका छन । सेभ द चिल्ड्रेनको सहयोगमा सामाजिक बिकास मञ्चले बुधवार आयोजना गरेको स्वास्थ्य चौकीको सामाजिक परिक्षणमा बोल्दै वडाध्यक्ष खानले जग...
नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर ,४५० लाभान्वित

नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर ,४५० लाभान्वित

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
बाँके, २० असोज । बाँकेको नरैनापुर गाउँपालिकामा गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ५० स्थानीय लाभान्वित भएका छन् । सरयु मिडिया नेपालगञ्जको आयोजना एवम् नरैनापुर गाउँपालिकाको समन्वयमा शनिवार गरिएको स्वास्थ्य शिविरमा सबैभन्दा बढीले आँखा जाँच गराएका थिए । त्यस्तै छाला, पेट, छातीको समस्या भएका विरामी पनि धेरै आएको नेपालगञ्ज मेडिकल कलेजका फिजिसियन डा.सुभाष योगीले जानकारी दिए । केही जटिल प्रकृतिका विरामीहरुलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । फिजिसियन डा. योगी सहित फत्तेबाल आँखा अस्पतालका मेडिकल डाइरेक्टर आँखा रोग विशेषज्ञ डा.देवराज भारती लगायतको चिकित्सक टोलीले शिविरमा स्वास्थ्य जाँच गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले जानकारी दिए । विशेषज्ञ डाक्टरको उपस्थितिमा स्थानीयलाई गाउँमै स्वास्थ्य सेवा दिन शिविर आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक...
स्वास्थ्य संस्थामा सरुवाले सास्ती, दरबन्दी एउटा हाजिर हुने ३ जना  !

स्वास्थ्य संस्थामा सरुवाले सास्ती, दरबन्दी एउटा हाजिर हुने ३ जना !

प्रदेश ५, शिक्षा/स्वास्थ्य
बाँके,१७ असोज । एकै पटक धेरैजना सरुवा भएर एउटै दरबन्दीमा आएपछि बाँकेका स्वास्थ्य केन्द्रहरुमा समस्या देखिएको छ । सरुवा भएर जो पहिले पुग्छ, उसैले हाजिर गर्छ, ढिला पुग्ने स्वास्थ्यकर्मी हाजिर गर्न पाउँदैनन् । वनकटवा प्राथमिक स्वास्थ्य केन्द्रमा अनमी दरबन्दी रिक्त नहुँदै सरुवा भएर तीन जना आइपुगे, हाजिर गर्न पाएनन् । बाँकेकै रझेनामा एक जनाको दरबन्दीमा तीन जना आए, पहिले नै पुगेका देवेन्द्र केसीले हाजिरी गरे, पछि पुगेका गणेशबहादुर शाही र नन्दा गिरी हाजिरी हुन पाईनन् । एक जनाको दरबन्दी खाली रहेको पुरैनामा पनि तीन जना सरुवा भएर आएपछि सुरुमा आइपुगेकी लक्ष्मी थापा हाजिर भइन् । बसुदेवपुर, कचनापुर लगायतका धेरै स्वास्थ्य केन्द्रमा पनि यस्तै भयो । सरुवा भएर जो पहिले पुग्यो, उ हाजिर भयो, ढिला गरी पुग्ने अन्तै लागे । सबै ठाउँमा जो पहिला आइपुगे, उसले हाजिर हुने मौका पायो । ‘पायक’ पर्ने ठाउँ भन्दै भनसुन ...
स्वास्थ्य सेवा प्रवाहको संयुक्त अनुगमन

स्वास्थ्य सेवा प्रवाहको संयुक्त अनुगमन

प्रदेश ५, शिक्षा/स्वास्थ्य
बाँके १३ असोज । बाँकेको जानकी गाउँपालिका अन्र्तगत इन्द्रपुर र बेलभार स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवा सुविधाका बारेमा श्क्रवार संयुक्त अनुगमन गरिएको छ । सो क्रममा स्वास्थ्य चौकीले प्रवाह गर्ने विभिन्न स्वास्थ्य सेवाहरुको गुणस्तरियता तथा प्रभावकारिताका बारेमा अनुगमन टोलीले जानकारी लिएको थियो । गाउँपालिकामा संचालित मातृ नवजात शिशु तथा बालस्वास्थ्य परियोजना अन्र्तगत गरिएको अनुगमनमा जानकी गाउँपालिका भरिमा ९ प्रतिशत महिलाहरु घरमा बच्चा जन्माउने गरेको बताइएको थियो । स्वास्थ्य सचेतनाको अभावमा महिलाहरु स्वास्थ्य संस्थामा नजानु, समयमा गर्भवती जाँच नगराउने, महिलाहरुले पोषणयुक्त खाना नखानले आमा र बच्चाको मृत्यु हुने गरेको छ । गत आर्थिक वर्ष २०७४। ०७५ मा गाउँपालिकाको गनापुरमा १३७, साईगाउमा ११७ र बेलभार स्वास्थ्य चौकीमा ८० जना महिलाले सुरक्षित बच्चा जन्माएको गाउँपालिकाका स्वास्थ्य संयोजक गिरबहादुर...