उपयुक्त स्थान नै प्रदेश नं ५ को राजधानी बन्ने ः सभामुख घर्ती
सत्यम खबर
बाँके,२१ असोज । प्रदेश नं ५ का सभामुख पुर्ण घर्तीले बाँकेको कोहलपुरमा आयोजित एक कार्यक्रममा अब राजधानीको बहस शुरु भएको बताएका छन् । कोहलपुर नगरपालिका भित्रका संघसंस्था,नागरिक समाजका प्रतिनिधि,बिभिन्न राजनीतिक दलका नेता कार्यकर्ता सँगको छलफलका क्रममा सभामुखले राजधानीको बहस शुरु भएको बताएका हुन् ।
छलफलमा सहभागीले सरकार ,नेकपा पार्टी र प्रदेश नं ५ का सन्दर्भमा जिज्ञासा राखेका थिए । सभामुख घर्तीले राजधानी भौगोलिक सुगमता,प्रशासनिक सुगमता,वातावरणिय अनुकुलता र सुरक्षाको दृष्टिकोणले उपयुक्त स्थान नै प्रदेश नं ५ को राजधानी बन्ने दाबी गरे ।
सभामुख पुर्ण घर्तीले अबको समाजवाद कस्तो हो ? नेकपा भित्र बहस शुरु भएको पनि खुलासा गरे । नेकपा कोहलपुरका नेता खिल प्रसाद भुषालले नेकपा ठुलो पार्टी तथा दुई तिहाईको सरकार भन्ने जस्ता कुरालाई इंगित गर्दै हामीलाई आकारले नखाओस् भन्दै संगठन र सरकार बारे सचे...