Monday, May 4सत्यम खबर
Shadow

प्रदेश २

पूर्वाधार निर्माणका लागि भारतसँग अनुरोध गर्ने कोशी प्रदेशको निर्णय

पूर्वाधार निर्माणका लागि भारतसँग अनुरोध गर्ने कोशी प्रदेशको निर्णय

आर्थिक, आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३ बैशाख – कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले मनमोहन विश्वविद्यालय बूढीगङ्गाको आवश्यक पूर्वाधार निर्माणका लागि भारत सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ ।बैठकले विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि दुई पक्षबीच समझदारी तय गरी आर्थिक सहयोग उपलब्ध गराउन अनुरोध गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।यसका साथै सोही विश्वविद्यालयका लागि दुई पक्षीय समझदारीअनुसार विभिन्न विषयका विज्ञ र दक्ष प्रशिक्षक उपलब्ध गराउनसमेत भारत सरकारसँग अनुरोध गर्ने निर्णय भएको छ ।बैठकमा कोरोना प्रकोपको सतर्कताका लागि स्वास्थ्य मन्त्रालयलाई आवश्यक पहलकदमी चाल्न निर्देशन दिने निर्णय भएको सरकारका प्रवक्ता सिटौलाले बताए । बैठकले प्रदेशको आर्थिक कार्यविधि तथा वित्तीय नियमावली, २०७९ लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।फाइल तस्बिर...
वीरगन्जबाट तीन महिनामै ९ अर्बको भारतीय धान आयात

वीरगन्जबाट तीन महिनामै ९ अर्बको भारतीय धान आयात

आर्थिक, आस्था, प्रदेश २, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १८ फागुन – वीरगन्ज नाकाबाट यस वर्ष तीन महिनाको अवधिमा करिब ९ अर्ब रुपैयाँ बराबरको भारतीय धान आयात भएको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार यस अवधिमा ८ अर्ब ८४ करोड २५ लाख ३३ हजार ७ सय १५ रुपैयाँ ११ पैसा बराबरको २ लाख ४७ हजार ४ सय २१ मेट्रिक टन भारतीय धान आयात गरिएको छ ।गत आर्थिक वर्षको यसै अवधिमा यस नाका हुँदै ५ अर्ब ३१ करोड ५० लाख रुपैयाँ बराबरको १ लाख ८२ हजार ९ सय ३१ मेट्रिक टन भारतीय धान आयात भएको थियो । तुलनात्मक रुपमा गत वर्षको तुलनामा यस वर्ष वीरगन्ज नाका हुँदै ६५ हजार मेट्रिक टन बढी भारतीय धान आयात भएको छ । यस वर्ष मंसिरको पहिलो साता देखि भारतीय धान भित्रिन थालेको हो ।भारतले नेपालतर्फ धान र चामलको निर्यात खुला गरेलगत्तै यो नाकाबाट धान चामल भित्रिन सुरु भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र प्रसाद चुडालले जानकारी दिए । उनले भारतले धान चामल ...
लोकतन्त्रको रक्षाका लागि सक्रिय भूमिका खेल्छौँ : सीके राउत

लोकतन्त्रको रक्षाका लागि सक्रिय भूमिका खेल्छौँ : सीके राउत

आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २७ पौष – जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्मान गर्दै यो व्यवस्थाको दिगोपनाका लागि पार्टीले सक्रिय भूमिका खेल्ने बताउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्दै उहाँले विश्वकै उत्कृष्ट व्यवस्थाको रक्षा गर्न पार्टी जिम्मेवार ढङ्गले लाग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘गणतान्त्रिक व्यवस्थाप्रति हाम्रो उच्च सम्मान रहेको छ, त्यस्तै लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि पार्टीले सदैव अग्रणी भूमिका खेल्नेछ ।’ अध्यक्ष राउतले आफूहरूलाई संसदमा पुर्‍याउन भूमिका खेल्ने नागरिकको अभिमतलाई धन्यवाद दिँदै आफ्नो निर्वाचन क्षेत्रबाट यसअघि निर्वाचित उम्मेदवारको पनि स्मरण गर्नुभयो । ‘आवेग र अग्रजप्रति पार्टीको सम्मान पनि छ । हामीभित्र देखिएको आवेग नागरिकभित्र रहेको परिवर्तनको आकाङ्क्षा हो, त्यसलाई सकारात्मक ऊर्जाका रू...
सरकारलाई दबाव दिन जनमत र नागरिक उन्मुक्ति पार्टीको मोर्चाबन्दी

सरकारलाई दबाव दिन जनमत र नागरिक उन्मुक्ति पार्टीको मोर्चाबन्दी

आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २५ पौष – जनमत र नागरिक उन्मुक्ति पार्टीले मोर्चाबन्दी गरेका छन् । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आइतबार १२ बँुदे सहमतिमा हस्ताक्षर गरेका छन् । रेशम चौधरीसँगै टीकापुर घटनाका राजबन्दीको रिहाइका लागि पहल गर्ने, देउवा सरकारले ल्याएको मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन अध्यादेशलाई संसदबाट कानुनका रुपमा पास गर्न सरकारलाई दबाव दिने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्न दुबै दल सहमत भएका छन् । आन्दोलनका क्रममा दुबै दलका कार्यकर्तामाथि लगाएको मुद्दा फिर्ता, राउतसँग २४ फागुन २०७५ मा भएको सम्झौता कार्यान्वयन, नागरिकता विधेयक पास र किसान आन्दोलनका मुद्दा कार्यान्वयन गर्न पनि दबाव दिने दुई दलको सहमति छ । दुबै दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुअघि आफूहरु सहमत भएका ११ बुँदा सम्बोधन हुनुपर्ने बताएका छन् ...
भारतले हस्तक्षेप गरेको हामीलाई हेक्का छैनः जसपा नेता

भारतले हस्तक्षेप गरेको हामीलाई हेक्का छैनः जसपा नेता

आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २४ पौष – जनता समाजवादी पार्टी (जसपा) का प्रवक्ता मनीषकुमार सुमनले पार्टीले पुस २६ मा पुष्पकमल दाहाल (प्रचण्ड) लाई विश्वासको मत दिने निर्णय गरिनसकेको बताएका छन् ।‘हामी सात दलीय गठबन्धनमा छौं । सरकारलाई समर्थन पनि गरेका हौं । तर विश्वासको मत दिने निर्णय गरिसकेका छौं । सरकारको न्यूनतम साझा कार्यक्रम र राजकीय शक्तिको बाँडफाँडमा टुंगो लागेपछि त्यसबारेमा टुंगो लाग्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सुमनले भने ।जसपाले उपप्रधानमन्त्रीसहित तीनवटा मन्त्रालय, उपराष्ट्रपति र मधेस प्रदेशको मुख्यमन्त्री चाहिन्छ नभनेको पनि उनले दाबी गरे । सुमले थपे, ‘अहिले राज्यमा ३५ वटा पद नियुक्त हुन्छन् । यो सरकार सातवटा पार्टी मिलेर बनेको छ । हामीले फलानो पद चाहिन्छ भनेको भन्नु मिथ्या कुरा हो । जहाँसम्म मधेस प्रदेशको मुख्यमन्त्रीको कुरा छ, सात...
रेल चलाउन नेपाली जनशक्ति नभएपछि भारतीयको समय थप

रेल चलाउन नेपाली जनशक्ति नभएपछि भारतीयको समय थप

आर्थिक, आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १६ पौष – नेपाली जनशक्ति तयार नभएपछि जनकपुर, कुर्थादेखि भारतको जयनगरसम्म रेल संचालनका लागि भारतीय रेल्वे कम्पनी कोंकणको म्याद एक महिना थप गरिएको छ । नेपाल रेलवे कम्पनीले २०७८ पुसमा एक वर्षका लागि भन्दै कोंकणसँग प्राविधिक कर्मचारी उपलब्ध गराउन सम्झौता गरेको थियो । सम्झौता अनुसार २६ जना प्राविधिक कर्मचारी ल्याएर जनकपुर–जयनगरमा रेल सञ्चालन गरिएको हो । तर एक वर्ष पूरा हुँदा पनि नेपाली जनशक्ति तयार नभएपछि भारतीय कम्पनीका कर्मचारीलाई नै निरन्तरता दिनुपरेको छ । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार नेपाली जनशक्ति तयार गर्नका लागि चार वटा पदका लागि १० जना कर्मचारी माग गर्दै विज्ञापन गरिएपनि पदपूर्ति हुन सकेन । ‘चारवटा पदका लागि १० जना कर्मचारी माग गर्दै विज्ञापन गरिएको थियो, मागअनुसारका पदमा आवेदन परेको छैन,’ झाले भने, ‘४ लोको पाइलट, ४ स्टेसन मास्टर, १ ट्रयाक इन्जिनियर ...
रेलमार्ग हस्तान्तरणको तयारी अवस्थामा

रेलमार्ग हस्तान्तरणको तयारी अवस्थामा

आर्थिक, आस्था, प्रदेश २, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ पौष – मुआब्जा विवादका कारण अलपत्र रहेको बथनाहा–कटहरी रेलमार्ग भारतले नेपाललाई हस्तान्तरण गर्ने तयारी गरेको छ। भारतीय भन्सार बिन्दुबाट विराटनगरको बुधनगरस्थित एकीकृत भन्सार जाँच चौकीसम्मको ८ किलोमिटरमा निर्माण सम्पन्न योजना भारतले नेपाललाई हस्तान्तरण गर्न लागेको हो। कुल १८.६ किलोमिटरमध्ये मुआब्जा विवादका कारण कटहरीतर्फको ५.६ किलोमिटरमा काम सम्पन्न हुन नसके पनि निर्माण सम्पन्न भएको बाँकी योजना नेपाल सरकारलाई हस्तान्तरण गर्न लागिएको रेल विभागले जनाएको छ। विभागका अनुसार भारतको बथनाहादेखि मोरङको कटहरीसम्मको १८.६ किलोमिटर रेलमार्गमध्ये ५ किलोमिटर भू–भाग भारतमै पर्छ। रेलमार्गले नेपालतर्फ भने भारतीय भन्सार बिन्दुबाट कटहरीसम्म १३.६ किलोमिटर भू–भाग ओगट्छ। जसमा अहिले विराटनगर–१८ भेडियारीस्थित भारतीय भन्सार बिन्दुबाट उत्तर बुधनगर कस्टम यार्डसम्मको ८ किलोमिटरमा स्टेसनसहित रेलमार्ग निर्म...
मधेस प्रदेश इन्चार्ज महासेठको कार्यशैलीको विरोध

मधेस प्रदेश इन्चार्ज महासेठको कार्यशैलीको विरोध

आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २६ मंसिर – नेकपा एमाले मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठले समानुपातिक तर्फ प्रदेश सभा सदस्य चयनमा एकलौटी निर्णय गरेको भन्दै बारा निर्वाचन क्षेत्र–३ को प्रदेश स्तरीय भेलाले महासेठको कार्यशैलीको चर्को विरोध गरेको छ । बारा–३ को निर्वाचन समीक्षासम्बन्धी आज बसेको बैठकले समानुपातिकतर्फ बाराबाट संघमा एकजना पनि सहभागी नहुनु र प्रदेशतर्फ पनि १ जना मात्रै सहभागी हुनु दुखद् भएको भन्दै एमाले सचिव तथा मधेस प्रदेश इन्चार्जको कार्यशैलीको विरोध गरेको हो । ‘हामी धेरै दुखी छौ एमाले सचिवको कार्यशैली अत्यन्तै गलत छ, बारामा हामीले जति मत मधेस प्रदेशको कुन जिल्लामा आएको छ,आज प्रदेशमा समानुपातिक सदस्य छनोटमा धनुषाले एकलौटी निर्णय गरेको छ’ एमाले बारा जिल्ला अध्यक्ष विनोद साहले भने ‘समानुपातिकमा बाराले संघमा एकजना महिला र प्रदेशमा २ महिला १ पुरुष सहित ३ जना सदस्य पाउनुपर्ने हो तर हामीलाई एउटा मात्रै...
‘कांग्रेसकै नेतृत्वमा नयाँ सरकार’: शेखर कोइराला

‘कांग्रेसकै नेतृत्वमा नयाँ सरकार’: शेखर कोइराला

आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
बिराटनगर, १५ मंसिर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन दलले नै कांग्रेसको नेतृत्वमा आगामी संयुक्त सरकार निर्माण गर्ने बताएका छन् । विराटनगर–९ स्थित कोइराला निवासमा आज आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ सरकारमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी )सहित थप अन्य दल सरकारमा सहभागी हुने दाबी गरे । नेता डा कोइरालाले कांग्रेस संसदीय दलको नेताको सर्वसम्मति चयन अथवा निर्वाचन के गर्ने भन्ने विषयमा पार्टी सभापति र पार्टीका साथीसँग सल्लाह गरेर निर्णय गरिने जानकारी दिए । उनले मुलुकको समृद्धिका लागि सुशासन कायम गर्न र भ्रष्टाचार न्यूनीकरण गर्न अत्यन्त जरुरी रहेको सुनाए । नेता डा कोइरालाले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन निष्पक्ष, धाँधलीरहित रुपमा सम्पन्न भएको र लोकतन्त्रको संरक्षणका लागि मतदाताले कांग्रेसलाई सबैभन्दा ठूलो प...
“रिजेक्टेड” मधेसमा उपेन्द्र यादव किन ?

“रिजेक्टेड” मधेसमा उपेन्द्र यादव किन ?

आस्था, प्रदेश २, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
जनकपुर, ११ मंसिर – प्रतिनिधि सभाको निर्वाचनमा प्रतिष्पर्धी उम्मेदवारभन्दा १० हजार मतको फरकले सप्तरी २ बाट चुनाव जितेका जनता समाजवादी पार्टी जसपा का अध्यक्ष उपेन्द्र यादव यसपटक भने १८ हजार ६३ मतको फरकले चुनाव हारेका छन् ।२०७४ मा उपेन्द्रका प्रतिष्पर्धी माओवादीका उम्मेदवार उमेश यादवले ११ हजार ५सय ८० भोट ल्याएका थिए । उपेन्द्र भने २१ हजार ६ सय २० मत ल्याएर विजयी भए । त्यतिबेला उमेशलाई एमालेले समर्थन गरेको थियो । यसपटक सप्तरी २ मा उपेन्द्रले १६ हजार ९ सय ६९ मात्र भोट ल्याए । तर त्यस क्षेत्रमा जनमत पार्टीका अध्यक्ष सीके राउतले ३५ हजार ४२ भोट ल्याई विजयी भए । यतिबेला एमालेले उपेन्द्रलाई समर्थन गरेको थियो । तैपनि उपेन्द्रले चुनाव हारे । यसबाट पुष्टि हुन्छ कि यो पटक उपेन्द्र मधेसमा ‘रिजेक्टेड’ भएका छन् । जबकि उनले यसपटक पनि पुरानै क्षेत्र रोजेका थिए । अघिल्लो पटक १० हजार भोटको फरकले चुनाव जि...