खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु
नेपालगन्ज, २५ पाैष - नेपालगन्जमा शनिवारदेखि नेपालगन्ज खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१३ को आयोजना तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ र क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेश नेपालगन्जको सहआयोजनामा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको वडाध्यक्ष बिरेन्द्रबहादुर शाह र नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य नरेन्द्र थापाले प्रशिक्षक जयन्तकुमार श्रेष्ठ तथा प्राबिधिक बाबुराम साहुलाई खेल सामाग्री हस्तान्तरण गरेर उदघाटन गर्नुभएको थियो ।शनिवार चार वटा ईभेन्टका विभिन्न खेल सकिंदा पुरुष युगल इभेन्ट्स तर्फको सेमिफाईनल समिकरण पुरा भएको छ । क्वाटर फाईनलमा अर्जुन बुढा मगर र रञ्जन भण्डारीको जोडीले राजेश साउद र सुमित चन्दको जोडीलाई २–० को सोझो सेटले पराजित गर्दै सेमिफाईनल यात्रा तय गरेका छन् ।त्यसैगरी प्रकाश के सी र सुभाष सुबेदीको जोडीले राम...









