
बिजेता खेलाडीलाई मन्त्री अथकद्वारा विमानस्थलमा भव्य स्वागत
काठमाण्डौ, १५ पौष – एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको बिजेता नेपाली भलिबल टिम स्वदेश फर्किएको छ । बिहिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थल हुँदै स्वदेश फर्किएका नेपाली खेलाडीहरुलाई भब्य स्वागत गरिएको छ ।प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली महिला राष्ट्रिय भलिबल टोली र चौथो भएको पुरुष टोली बिहीबार स्वदेश फर्किएको हो । टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले बिमान स्थल पुगेरै स्वागत गर्नु भएको हो । खेलाडीहरुको हौसला बढाउन बिमान स्थल पुग्नु भएका मन्त्री अथकले खेलाडीहरुलाई फुलगुच्छाले स्वागत गर्दै बधाई समेत दिनु भएको छ । त्यसक्रममा बाजा बजायर स्वागत गरिएको थियो ।
६ राष्ट्र सहभागी सेन्ट्रल जोनमा उज्वेकिस्तानलाई फाइनलमा ३–२ ले पारजित गर्दै नेपाली महिला टिमले उपाधि रक्षा गरेको थियो । साविकको बिजेता महिला टिमले आफ्नो उपाधि रक्षा गर्दा पुरुष...