
हरितालिका तीज आज, के हो तीज ? किन बसिन्छ व्रत ?
नेपालगन्ज, ५ भाद्र – भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाई आज शुक्रबार तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरून्धत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।
तस्वीर : फेसबुकबाट
तस्वीर : फेसबुकबाट
सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको बाँकेको बागेश्वरी र्मिन्दरमा रहेका जुँगे महादेव, त्रिभुवन चोक शिवमन्दिर, फुल्टेक्राका शिवमन्दिर, काठमाडौँको पशुपति, दुम्जाको कुशेश्वर महादेव, खोटाङ्को हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादेवलगायत देशका अन्य शिव मन्दिरमा आज शुक्रबार बिहानैदेखि दर्शनार्थी महिलाको घुइँचो लाग्ने गर्थियो तर यस बर्ष कोरोना संक्रमणका कारण सरकारले सामुहिक नाच गानमा रोक लगाएको हुँदा घर मै बसी मनाउने गरिएको छ ।हिमालयपुत्री पार्वतीले भगवान् शिवजीलाई पतिका रूपमा प्राप्त गर्न सफल भएको भन्दै राम्रो र चिताएको पति पाउन अविवाहित कन्याल...